१९ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भनी दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्राट, समिर र रागब भन्ने राजु परियारलाई ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभुबाट यही साउन ६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजहरुले निवेदकहरू मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, विशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढा मगर समेतका दर्जनभन्दा बढी व्यक्तिलाई आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताई लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदुषण जाँचपास गराइदिने लगायतका कार्यहरू गरी दिन्छु भनी विश्वास दिलाई पीडितहरूबाट नगद तथा सुनको गहना (औठी समेत) जबरजस्ती लिई जम्मा रु चार लाख ३० हजार ठगी गरेका थिए ।

साथै ठगी गरी लिएको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका सञ्चालक ब्रम्हा रिसाललाई मिति साउन ७ गते काठमाडौ महानगरपालिका–१३ कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको सुन ११.६८० ग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निजहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाइएको छ ।