काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरु केहीबेर अघि सिंहदरबारमा जम्मा भएका छन् ।
केही बेरमात्र अघि विपक्षी दलहरुको संयुक्त बैठकका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेर फर्र्किका माधव नेपालले आफना् सांसदहरुलाई सिंहदबारमा डाकेका हन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।
आवश्यक राजनीतिक छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्मका लागि नयाँ सरकारको लागि दाबी पेश गर्ने समय दिएकी छिन् ।
सोही समयलाई लक्षित गरेर बिपक्षी दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् । यसै क्रममा माधव नेपाल पक्षले पनि आफ्नो धारणा निर्माण गर्ने बुझिएको छ ।








