२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट नेता युआनबीच भर्चुअल माध्यमद्वारा छलफल



अ+ अ-

काठमाडौँ । इटालीको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आउनुभएका चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युनबीच भर्चुअल माध्यमद्वारा छलफल भएको छ ।

प्रधानमन्त्री र नेता युआनबीच आइतबार दिउँसो भर्चुअल माध्यबाट छलफल भएको हो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ । प्रधानमन्त्री प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यस्तै, नेता युआन भने तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँको नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का कार्यबाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

उहाँ श्रीलङ्काको भ्रमण सम्पन्न गरी नेपाल आइपुग्नु भएको हो ।