१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

मौद्रिक नीति सार्वजनिक- पूर्णपाठ सहित

मौद्रिक नीति सार्वजनिक- पूर्णपाठ सहित
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । यसअघि आइतबार बिहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गरेको हो । मौद्रिक नीतिबारे पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा बोलाइएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्दिष्ट गरेबमोजिम मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मुख्य उद्देश्यका साथ मौद्रिक नीति तर्जुमा गरिएको छ ।

साथै, वित्तीय पहुँच अभिवृद्धि गर्न, वित्तीय स्थायित्व कायम गर्न एवं सुरक्षित, स्वस्थ र सक्षम भुक्तानी प्रणालीको विकास गर्न वित्तीय क्षेत्र, विदेशी विनिमय व्यवस्थापन र भुक्तानी प्रणालीसम्बन्धी नीतिहरु पनि मौद्रिक नीतिमा समावेश गरिएको छ ।

आर्थिक वर्ष २०७९र८० को एघार महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक भैसकेको भन्दै केन्द्रीय बैंकले बाह्य क्षेत्र तथा मूल्य स्थितिमा सुधार आएको छ भने सरकारी वित्त स्थिति दबाबमा परेको अवस्था रहेको जनाएको छ ।

निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धि सुस्त रहेको, आर्थिक गतिविधिमा केही शिथिलता आएकोले बैकिङ्ग प्रणालीको निष्क्रिय कर्जा अनुपात केही बढेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को संघीय बजेट २०८० जेठ १५ गते सार्वजनिक भैसकेको भन्दै बैंकले बजेटले आर्थिक वर्ष २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको बताएको छ ।

उपर्युक्त लक्ष्य हासिल गर्न बजेटमा आर्थिक सुधारका कार्ययोजनाहरु प्रस्ताव गरिएका छन् । प्रदेश सरकार र अधिकांश स्थानीय तहहरुले पनि आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरिसकेका छन् । संघीय सरकारबाट प्रस्तावित सुधार कार्यक्रमहरुको कार्यान्वयन र संघीय तथा प्रदेश सरकारले बजेटमा विनियोजन गरेबमोजिम हुने पुँजीगत खर्चले आर्थिक गतिविधि चलायमान हुने अपेक्षा रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको आर्थिक वृद्धिदर सन् २०२३ मा कमजोर रहने र सन् २०२४ मा केही सुधार आउने प्रक्षेपण गरेको छ । सन् २०२३ मा विश्वको मूल्य स्थितिमा सुधार आएतापनि अझै उच्च रहने कोषकोप्रक्षेपण रहेको छ । मूल्य वृद्धिदर कम हुँदै गएतापनि लक्ष्यभन्दा अझै उच्च रहेकाले विकसित र उदीयमान मुलुकहरुले मौद्रिक नीतिको कसिलो कार्यदिशालाई निरन्तरता दिएका छन् ।

अन्तर्राष्ट्रिय एवं राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति र परिदृश्य, विकसित र छिमेकी मुलुकहरुले अवलम्बन गरेको नीतिगत कार्यदिशा, आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको समीक्षा, नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत लिएका उद्देश्य र प्राथमिकता, सरोकारवाला निकाय, विद्वत वर्ग र नागरिकबाट प्राप्त सुझावसमेतका आधारमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका साथै नियामकीय, भुक्तानी प्रणाली र विदेशी विनिमय व्यवस्थापनसँग सम्बन्धित नीतिहरु तय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/07/Monetary-Policy_2080-81.pdf” title=”Monetary Policy_2080-81″]