१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

केन्द्रीय समितिमा शेखरको प्रश्न: देशमा दण्डहीनतालाई सँस्थागत रुप दिन काग्रेस किन अग्रसर भयो ? पूर्णपाठ सहित

समाजवादी मोर्चा कसको लागि बनेको हो छलफल गर्न जरुरी छ

केन्द्रीय समितिमा शेखरको प्रश्न: देशमा दण्डहीनतालाई सँस्थागत रुप दिन काग्रेस किन अग्रसर भयो ? पूर्णपाठ सहित
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीलाई विधानअनुसार चलाउनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आइतबार उहाँले देश संविधानअनुसार चलेजस्तै कांग्रेस पार्टीलाई पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसाल्न आग्रह गर्नुभयो ।

“हाम्रा भ्रातृ र शुभेच्छुक संस्थाहरुलाई पनि विधानअनुरुप अगाडि बढाउने काम गरौँ”, उहाँले भन्नुभयो, “विधानले सबैले गर्ने काम तोकेको छ । हामी कतिले के–के गर्यौं, मनन गरौँ । लामो समयपछि बसेको केन्द्रिय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ ।”

दूरदराजका जनताको आवाज सुन्न र केवल शब्द रटानमा मात्रै नभई व्यावहारिकरुपमै आफूलाई परिवर्तन गर्न आग्रह गर्दै डा कोइरालाले भन्नुभयो, “विधानले व्यवस्था गरेअनुसार बसाँै र छलफल गरौँ, कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराआँै । कांग्रेस रुपान्तरण भनेकै यही हो ।”

कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय नभएको भन्दै उहाँले आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्ने बताउनुभयो

राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहीनता बढेर गएको उहाँको भनाइ थियो । नीतिगतरुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको छ भन्दै उहाँले हाल संसद्मा रहेको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ तत्काल खारेज गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “यदि यो विधेयक संसदबाट पारित भए देशमा दण्डहीनताले सँस्थागत रुप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन् ।”

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/07/kendriya-samiti-speech-on-7-shrawn-2080-by-dr-shekhar-koirala.pdf” title=”kendriya samiti speech on 7 shrawn 2080 by dr shekhar koirala”]