२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ आईपुगे चिनियाँ नेता युआन च्या च्युन



अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ शहरका प्रमुख एवं सचिव युआन च्या च्युन २६ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौँ आइपुग्नुभएको छ ।

आइतबार पौने १२ बजे उक्त टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त टोली कोलम्बोबाट आएको श्रीलंकन एयरको जहाजमार्फत नेपाल आएको हो । टोलीलाई नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ र यहाँस्थित चिनियाँ राजदूत छन सोङ्गलेले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

युआनलाई राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङका अति विश्वासपात्रमध्ये एक मानिन्छ ।

तीन दिने भ्रमण आएको युआनसहितको भिआइपी टोली बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछ भने टोलीका अरु सदस्यको लागि म्यारियट होटलमा बस्ने प्रवन्ध मिलाइएको बताइएको छ ।

राजनीतिक भेटघाट गर्न आइपुग्नुभएका युआनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भने भेट हुने अवस्था छैन । प्रधानमन्त्री प्रचण्ड अहिले इटाली र एमाले अध्यक्ष ओली कम्बोडिया हुनुहुन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष २५ नेतामध्येमा पर्ने युआन अन्तरिक्ष विज्ञानसम्बन्धी इन्जिनियर पनि हुनुहुन्छ । उहाँको भ्रमणको तयारीनिम्ति ३ वटा एड्भान्स टोली एक हप्ताबीच नेपाल आइसकेको बताइएको छ ।