२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश सपुतले ल्याए ‘दमाई महाराज’ (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ सार्वजनिक भएको छ । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको सन्देश प्रवाह गर्ने गायक सपुतले यो गीतमा जातीय विभेदको कथा दर्शाएका छन् ।

प्रकाशकै शब्द तथा लय रहेको गीतमा उनलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । यसअघिका उनका चर्चित गीत ‘बोलमाया’ र ‘गलबन्दी’को अन्तिम भाग भनिएको गीत ‘दमाई महाराज’को भिडियोमा गाउँमा लगाइएको महायज्ञमार्फत जातीय विभेदविरुद्धको सन्देश प्रवाह गरिएको छ ।

प्रकाश सपुतकै कथा, निर्माण र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश, अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी लगायतको अभिनय छ ।

भिडियोलाई मानकृष्ण महर्जन र दिनेश पराजुलीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । गीतको एरेन्जर सुदीप सागर हुन् ।