४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

एसइई उत्तीर्ण विद्यार्थी सम्मानित

एसइई उत्तीर्ण विद्यार्थी सम्मानित
अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा आज आयोजित ‘एसइई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसइई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र झा, आयुष पोडे, दृश्य बस्नेत, दिप्सोना गिरी, जिज्ञासा न्यौपाने, मनिषाकुमारी साह, समीक्षा दङ्गाल र उद्धव शर्मा सम्मानित हुनुभएको छ ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले सन्ततिको व्यक्तित्व विकासमा अभिभावकको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । “विद्यार्थीको स्वेच्छा स्वतन्त्र रहनुपर्छ, जसको मार्गदर्शन अभिभावकले गर्नुपर्छ । आफ्ना सन्ततिको व्यक्तित्व विकासमा अभिभावकले उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ,” अध्यक्ष झाले बताउनुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले विद्यार्थीको सफलतालाई सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताउँदै उनीहरूलाई देशभित्रै आफ्नो भविष्य खोज्ने अवसर दिनुपर्छ भन्नुभयो ।

पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले अध्ययनमा जुन विषय लिए पनि असल बन्ने प्रयास गरेमा विद्यार्थीको भविष्य त्यसैमा उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो ।

राससका प्रधानसम्पादक एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका पूर्वअध्यक्ष एकराज पाठकले विद्यार्थीले आफ्नो इच्छाअनुरूप अध्ययनको विषय छनोट गर्दा सहजरूपमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

विद्यार्थीको सफलताको पछाडि लुकेको बाबाआमाको योगदान विधार्थीले मनन् गर्नुपर्नेमा जोड दिँदै उहाँले इन्टरनेटको पहुँचले अध्यननमा ल्याएको सहजतालाई विद्यार्थीले उच्चतम सदुपयोग गर्नुपर्नेमा जोड गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईंले विद्यार्थीले आफ्नो इच्छा, उद्देश्यअनुरुप आफ्नो अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा अन्तर्राष्ट्रिय शाखा प्रमुख शरच्दचन्द्र भण्डारीलाई रु १० हजार नगदसहित रासस पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरिएको थियो ।

शाखाको अधिवेशन २०७७ सालमा निर्वाचन सम्पन्न गराउनुभएका निर्वाचन कमिटीका संयोजक तथा नायब महाप्रबन्धक राजु शाक्य, प्रधानसम्पादक एकराज पाठक, निर्वाचन समितिका सदस्य दीपेन्द्र अधिकारी र कमलाकुमारी पौडेललाई सम्मान गरिएको थियो ।

शाखाले एक दशक अघिदेखि हरेक वर्ष सम्मान गर्दै आएकोमा अघिल्लो वर्ष कोरोनालगायत विभिन्न कारणले सो कार्यक्रम गर्न सकिएको थिएन । रासस