२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सय किलो सुन तस्करी गर्ने मालिक पक्राउ गर्न सरकारलाई दबाब दिनुस्ः पर्यटनमन्त्री



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौं आयोजित २४ औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो ।

उहाँले कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताउनु भयो। उहाँले सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताउनु भयो ।

उहाँले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने बताउनु भयो । उहाँले सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भनिदिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एयरपोर्टमा सुन बरामत गरियोस् । सुदन किराँतीको परीक्षण शुरु भयो भन्छन् । मेरो होइन त्यो । त्यो त अर्थ र गृहमन्त्रीको हो मेरो होइन । हामीले त त्यो देख्न नै पाउँदैनौं । त्यो भन्सारको कुरा हो । यहाँ जे बोल्दा पनि भएको छ । तर भ्रष्टाचार असैह्य छ । भ्रष्टाचार हाम्रो साझा शत्रु हो ।

बाच्दै गर्दा कृति गरेर गए बाचिन्छ भनेर थाहा हुँदा हुँदै किन यति धेरै पाप लोभ होला यो समाजमा । सय किलो सुन किन चाहिएको होला ? एक क्युटल सुन मान्छेहरुलाई किन चाहिएको होला ? तीनहरुले मुत्यु विर्सेका छन् । संसार जित्ने सिखन्दरले पनि मर्ने बेलामा मेरो लास कात्रोबाट हातलाई बाहिर राखेर आर्यघाट लानु भनेको थियो । किन भने मुत्युपछि रित्तै हात जान्छ भन्ने सन्देश दिन खाजेको थियो ।

यस्तो हुदाँहुँदै पनि नेपाल समाज किन लोभि पापी हुँदै गएको होला । विमानस्थलबाट सय किलो सुन बरामत गरेको छ । गम्भिरताका साथ म भन्न चाहन्छु । यसपाली भरिया होइन मालिक पक्रनुपर्छ । तपाईहरु जस्तो संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्छ । कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानून भन्दा माथि बस्ने अधिकार छैन ।

अहिलेको सरकारको सुशासन र समृद्धि बाटो हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उदेश्यको बाटोमा हिँड्दैछौं । अहिले जनताको साथ अपरिहार्य छ । भ्रष्टाचार र तस्किरीको संरक्षण गरेर नसुशासन र समृद्धि हुँदैन । सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भन्नुपर्छ ।’

पर्यटन मन्त्री किराँतीले सुदन किराँतीको परीक्षण शुरु भयो भन्नेको सुनेको छु मेरो नभएर अर्थ र गृह मन्त्रीको भएको बताउनु भयो । उहाँले सुन बरामत गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताउनु भयो। उहाँले पर्यटन मन्त्रालयले सुन तस्करी जस्ता कुराहरु देख्न नै नपाउने भन्दै त्यो भन्सारले गर्ने काम भएको बताउनु भयो। उहाँले वर्तमान सरकारलाई भ्रष्टाचार असैह्य नभएको बताउनु भयो ।