४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सय किलो सुन तस्करी गर्ने मालिक पक्राउ गर्न सरकारलाई दबाब दिनुस्ः पर्यटनमन्त्री

सय किलो सुन तस्करी गर्ने मालिक पक्राउ गर्न सरकारलाई दबाब दिनुस्ः पर्यटनमन्त्री
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौं आयोजित २४ औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो ।

उहाँले कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताउनु भयो। उहाँले सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताउनु भयो ।

उहाँले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने बताउनु भयो । उहाँले सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भनिदिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एयरपोर्टमा सुन बरामत गरियोस् । सुदन किराँतीको परीक्षण शुरु भयो भन्छन् । मेरो होइन त्यो । त्यो त अर्थ र गृहमन्त्रीको हो मेरो होइन । हामीले त त्यो देख्न नै पाउँदैनौं । त्यो भन्सारको कुरा हो । यहाँ जे बोल्दा पनि भएको छ । तर भ्रष्टाचार असैह्य छ । भ्रष्टाचार हाम्रो साझा शत्रु हो ।

बाच्दै गर्दा कृति गरेर गए बाचिन्छ भनेर थाहा हुँदा हुँदै किन यति धेरै पाप लोभ होला यो समाजमा । सय किलो सुन किन चाहिएको होला ? एक क्युटल सुन मान्छेहरुलाई किन चाहिएको होला ? तीनहरुले मुत्यु विर्सेका छन् । संसार जित्ने सिखन्दरले पनि मर्ने बेलामा मेरो लास कात्रोबाट हातलाई बाहिर राखेर आर्यघाट लानु भनेको थियो । किन भने मुत्युपछि रित्तै हात जान्छ भन्ने सन्देश दिन खाजेको थियो ।

यस्तो हुदाँहुँदै पनि नेपाल समाज किन लोभि पापी हुँदै गएको होला । विमानस्थलबाट सय किलो सुन बरामत गरेको छ । गम्भिरताका साथ म भन्न चाहन्छु । यसपाली भरिया होइन मालिक पक्रनुपर्छ । तपाईहरु जस्तो संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्छ । कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानून भन्दा माथि बस्ने अधिकार छैन ।

अहिलेको सरकारको सुशासन र समृद्धि बाटो हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उदेश्यको बाटोमा हिँड्दैछौं । अहिले जनताको साथ अपरिहार्य छ । भ्रष्टाचार र तस्किरीको संरक्षण गरेर नसुशासन र समृद्धि हुँदैन । सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भन्नुपर्छ ।’

पर्यटन मन्त्री किराँतीले सुदन किराँतीको परीक्षण शुरु भयो भन्नेको सुनेको छु मेरो नभएर अर्थ र गृह मन्त्रीको भएको बताउनु भयो । उहाँले सुन बरामत गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताउनु भयो। उहाँले पर्यटन मन्त्रालयले सुन तस्करी जस्ता कुराहरु देख्न नै नपाउने भन्दै त्यो भन्सारले गर्ने काम भएको बताउनु भयो। उहाँले वर्तमान सरकारलाई भ्रष्टाचार असैह्य नभएको बताउनु भयो ।