५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको स्कर्टिङसहित काठमाडौंको फोहोर बञ्चरेडाँडा लगियो



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्कर्टिङसहित काठमाडौं उपत्यकाको फोहोर बोकेको गाडी बञ्चरेडाँडा लगिएको छ ।

फोहोर विसर्जनमा स्थानीयको अवरोधपछि शुक्रबार प्रहरीको स्कर्टिङसहित फोहोर बोकेको करिब १४५ वटा गाडी बञ्चरेडाँडा लगिएको हो ।

फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेर भीड पन्छायो ।

स्थानीयहरूले साउन १ देखि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए ।

स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि गाडी ल्यान्डफिल्ड साइट पुग्न सकेका थिएनन् ।