२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

लकडाउनमा पनि किन घटेन संक्रमितको संख्या ?

लकडाउनमा पनि किन घटेन संक्रमितको संख्या ?
अ अ+ अ-

काठमाडौ । २०७६ साल चैत्र ११ पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा नेपालमा कोरोना संक्रमणको तथ्याङ्क सार्वजनिक गर्दै आइरहेको छ । केही महिना दैनिक र केही समयपछि साप्ताहिक रुपमा प्रत्यक्ष प्रशारण मार्फत् र दैनिक बुलेटिन जारी गरेर मन्त्रालयले तथ्याङ्क सार्बजनिक गर्ने गरेको छ ।

यो तथ्याङ्कलाई आम नागरिकले चासोपूर्वक हेरिरहेका पनि हुन्छन् । नेपालमा पहिलो केश देखिएको २०७६ चैत्र ५ पछि यो संख्या दैनिक बृद्धि हुदै आएको छ । बीचमा केही समय संक्रमणदरमा कमि देखाइयो वा साँच्चै कमि आयो ? कोरोना संक्रमणको दरमा कमी देखिने बित्तिकै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनका कमी देखियो भने सरकारको प्राथामिकतामा पनि नपरेको जस्तो भयो । कम भएको भनिएको बेला संक्रमणबाट आक्रान्त भएका मुलुकको अनुभब नेपालले लिन सकेन, वा नेतृत्वमा बस्नेहरु बतासे तथ्याङ्क हेरर रमाए ।

कुनै पनि संक्रमण तीव्र गतिमा फैलँदा एउटा उचाइसम्म पुग्छ त्यो कति समयसम्म रहन्छ वा त्यसको प्रभाब कहिलेदेखि न्यून हुदै जान्छ भन्ने गणीतिय हिसाब र बिगतमा महामारीको अबस्थाका बारेमा गहिरो अध्यायन पनि भएन । हालसम्म देखिएका बिभिन्न प्रकारका भाइरसहरु पूर्णरुपमा नष्ट भएका छैनन्, प्रभाब कम भएको हो र त्यसलाई नियन्त्रण गर्ने औषधीहरुको आबिष्कारहरुले नियन्त्रणमा राखे ताकी भाइरस भन्दा औषधी बलियो भयो । भाइरस पूर्णरुपमा निर्मुल भएको होइन ।

हाल कोरोनो भाइरसको पहिलो, दोश्रो र तेश्रो भेरिएन्टको तथ्याङ्क हेर्दा पनि यसको ग्राफ निरन्तर उकालो लागेको छ । अर्थात् गणितीय रुपमा हेर्दा कोरोनो भाइरस चक्रिय रुपमा अगाडि बढिरहेको छ । सामान्यता एक दिनमा एक हजार जना संक्रमित भने त्यो २० प्रतिशतले बढ्दा दोश्रो दिन १२ सय, तेश्रो दिन १४ सय हुँदै ३० औँ दिनमा २ लाख ३७ हजार ३७६ हुन आउछ । लगभग नेपालको बृद्धिदर यही अनुपातमा रहेको छ ।

तसर्थ एकदिनको तथ्याङ्कलाई मात्र आधार मारेर दृष्टिकोण बनाउन गलत हुन्छ । तसर्थ धेरै दिनको तथ्याङक हेरेर गणीतिय मोडलमा यसलाई राख्न सकियो भने मात्र यो कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ । यति हुँदाहुदै पनि यसको रोकथामका लागि गरिने पहिलो प्रयासका रुपमा लकडाउनलाई नै लिइयो तर पूर्णरुपमा कडाईका साथ लागू नहुदा त्यसले दिनुपर्ने जति परिणाम दिएन । लकडाउन कछुवा र खरायोको दौड जस्तो मोडेलमा हुनुपर्ने हो तर त्यो भएन ।

किनकी लकडाउनको उद्देश्य चेन ब्रेक गर्नु नै हो ताकी कछुवाले घिस्रेजस्तो प्रत्येक बिन्दुलाई छुदै होइन कि खरायो उफ्रेको जस्तो बिन्दुहरु छाडिनु पथ्र्यो । तर लकडाउन कछुवाको गति पछ्याउने खालको भयो । त्यसैले यसले न ग्याप गर्न सक्यो न नत ब्रेक नै ।