२३ असार २०८३, मंगलवार
,
Latest
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पनि किन घटेन संक्रमितको संख्या ?



अ+ अ-

काठमाडौ । २०७६ साल चैत्र ११ पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा नेपालमा कोरोना संक्रमणको तथ्याङ्क सार्वजनिक गर्दै आइरहेको छ । केही महिना दैनिक र केही समयपछि साप्ताहिक रुपमा प्रत्यक्ष प्रशारण मार्फत् र दैनिक बुलेटिन जारी गरेर मन्त्रालयले तथ्याङ्क सार्बजनिक गर्ने गरेको छ ।

यो तथ्याङ्कलाई आम नागरिकले चासोपूर्वक हेरिरहेका पनि हुन्छन् । नेपालमा पहिलो केश देखिएको २०७६ चैत्र ५ पछि यो संख्या दैनिक बृद्धि हुदै आएको छ । बीचमा केही समय संक्रमणदरमा कमि देखाइयो वा साँच्चै कमि आयो ? कोरोना संक्रमणको दरमा कमी देखिने बित्तिकै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनका कमी देखियो भने सरकारको प्राथामिकतामा पनि नपरेको जस्तो भयो । कम भएको भनिएको बेला संक्रमणबाट आक्रान्त भएका मुलुकको अनुभब नेपालले लिन सकेन, वा नेतृत्वमा बस्नेहरु बतासे तथ्याङ्क हेरर रमाए ।

कुनै पनि संक्रमण तीव्र गतिमा फैलँदा एउटा उचाइसम्म पुग्छ त्यो कति समयसम्म रहन्छ वा त्यसको प्रभाब कहिलेदेखि न्यून हुदै जान्छ भन्ने गणीतिय हिसाब र बिगतमा महामारीको अबस्थाका बारेमा गहिरो अध्यायन पनि भएन । हालसम्म देखिएका बिभिन्न प्रकारका भाइरसहरु पूर्णरुपमा नष्ट भएका छैनन्, प्रभाब कम भएको हो र त्यसलाई नियन्त्रण गर्ने औषधीहरुको आबिष्कारहरुले नियन्त्रणमा राखे ताकी भाइरस भन्दा औषधी बलियो भयो । भाइरस पूर्णरुपमा निर्मुल भएको होइन ।

हाल कोरोनो भाइरसको पहिलो, दोश्रो र तेश्रो भेरिएन्टको तथ्याङ्क हेर्दा पनि यसको ग्राफ निरन्तर उकालो लागेको छ । अर्थात् गणितीय रुपमा हेर्दा कोरोनो भाइरस चक्रिय रुपमा अगाडि बढिरहेको छ । सामान्यता एक दिनमा एक हजार जना संक्रमित भने त्यो २० प्रतिशतले बढ्दा दोश्रो दिन १२ सय, तेश्रो दिन १४ सय हुँदै ३० औँ दिनमा २ लाख ३७ हजार ३७६ हुन आउछ । लगभग नेपालको बृद्धिदर यही अनुपातमा रहेको छ ।

तसर्थ एकदिनको तथ्याङ्कलाई मात्र आधार मारेर दृष्टिकोण बनाउन गलत हुन्छ । तसर्थ धेरै दिनको तथ्याङक हेरेर गणीतिय मोडलमा यसलाई राख्न सकियो भने मात्र यो कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ । यति हुँदाहुदै पनि यसको रोकथामका लागि गरिने पहिलो प्रयासका रुपमा लकडाउनलाई नै लिइयो तर पूर्णरुपमा कडाईका साथ लागू नहुदा त्यसले दिनुपर्ने जति परिणाम दिएन । लकडाउन कछुवा र खरायोको दौड जस्तो मोडेलमा हुनुपर्ने हो तर त्यो भएन ।

किनकी लकडाउनको उद्देश्य चेन ब्रेक गर्नु नै हो ताकी कछुवाले घिस्रेजस्तो प्रत्येक बिन्दुलाई छुदै होइन कि खरायो उफ्रेको जस्तो बिन्दुहरु छाडिनु पथ्र्यो । तर लकडाउन कछुवाको गति पछ्याउने खालको भयो । त्यसैले यसले न ग्याप गर्न सक्यो न नत ब्रेक नै ।