७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएनआईपिए अवार्ड फागुन तेस्रो साता



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले १६ औँ संस्करणको एनएनआईपीए स्पोर्टस अवार्ड फागुन तेस्रो साता गर्ने जनाएको छ । 

एनएनआईपिएले बिहीवार पत्रकार सम्मेलन गरेर हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड फागुन १७ गते आयोजना गर्ने जनाएको हो । 

संघका महासचिव शिव सुन्दर गोथेले अवार्ड ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको बज्र बाराही मन्दिर परिसरमा आयोजना हुने जानकारी दिनुभयो । अवार्ड नेपाल ओलम्पिक कमिटीमा समावेश भएका २७ खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ । सर्बोत्कृष्ट खेलाडीले १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी, एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् । यस्तै एकजना खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ भने एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ । पत्रकारीता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गरिनेछ भने एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ ।