२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट बरामद सुनको परिमाण बुझ्न राष्ट्र बैंक लगिँदै



अ+ अ-

काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको सुनको परिमाण बुझ्न राष्ट्र बैंक पठाउने तयारी गरेको छ।

विमानस्थलबाट बरामद गरेको सुन जडित मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) बाट सुन निकालेर परिमाण यकिन गर्न राष्ट्र बैंक पठाउने तयारी गरिएको विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

विभागले बुधबार साँझ भन्सार पास गरेर लैजान लागेको अवस्थामा सुन जडित ब्रेक सु बरामद गरेको थियो। बरामद सुनको परिमाण झण्डै १०० किलो रहेको बताइएको छ।

मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) रेडी ट्रेड प्रालीको नाममा नेपाल भित्रिएको विभागले जनाएको छ। यस प्रालीका प्रमुख दिलिप भुजेल रहेका छन्।

राजस्व अनुसन्धान विभागले सुन बरामद प्रकरणमा छ जनालाई पक्राउ गरिसकेको छ । यसबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ ।