४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि

साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
अ+ अ-

चितवन । भक्तपुर नगरपालिका–१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित पोते लगाउनुभएको छ । दुवै हत्केलामा मेहेन्दी लगाउनुभएकी र रातो, पहेँलो सारीमा सजिनुभएकी उहाँकी साथी सीताको पनि दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोतेका साथै हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।

साउन महिनामा विवाहित नारीले हरियो, पहँेलो र रातो रङ्गका पहिरन, पोते, चुरा र हातमा मेहेन्दी लगाई सोमबार शिवजीको आराधना गरी व्रत बसे श्रीमान्को आयु लामो हुनाका साथै आफू पनि सौभाग्यवती होइन्छ भन्ने विश्वासले यस्तो चलन बढ्दै आएको छ ।

खस आर्य समुदायका महिलाबाट सुरु भएको यो चलन अहिले स्थानीय नेवार समुदायका महिलामा समेत फैलिएको छ । यससँगै शृङ्गार सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि निकै बढेको छ । हिन्दू परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिका दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने रातो, हरियो, पहँेलो चुरा र मेहेन्दी लगाउने प्रलचन भने बढेको छ ।

साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले रङ्गीन चुरापोते र मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका हाकुलाल मानन्धरले बताउनुभयो । अन्य महिनाभन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उहाँको भनाइ थियो । “अहिले त झन् फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै बिक्री भइहाल्छ,” मानन्धरले भन्नुभयो ।

सबै देवीदेवतालाई मनपर्ने भएकाले साउन महिनाभर महिलाहरु रङ्गीन शृङ्गार गरेर बस्ने कस्मेटिक पसलकी कृषा श्रेष्ठले बताउनुभयो । “साउन महिना प्राकृतिक रुपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । यो बेला आफूहरू प्रकृतिसँग जोडिएको हिस्साका रुपमा हरियो चुरासँगै रङ्गीन शृङ्गार पटार गर्ने परम्परा बसालिएको हो,” उहाँले भन्नुभयो, “साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिनाका साथै हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक पनि मानिन्छ ।” साउनको सोमबार व्रत बस्ने गरिएकाले पनि रङ्गीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिलामध्ये शृङ्गार पटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरुको कमी छैन ।

स्थानीय शृङ्गार कस्मेटिक पसलकी कृषाले साउन महिनामा अरू महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने बताउनुभयो । “यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याइँ गर्दैन जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन्,” उहाँले भन्नुभयो ।

दैनिक रु १५ हजारदेखि २० हजारसम्मको शृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरामात्र रु दैनिक ३५ हजारदेखि रु ७० हजारसम्म व्यापार हुने बताए । पछिल्लो समय साउनमा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेकाले हिन्दू महिला मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दू धर्मावलम्बीले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्ने परम्परा भएकाले साउनलाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरुको भनाइ थियो । रासस