२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसामु युएई १५७ रनमा अलआउट



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तरगत यूएई ए ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको युएईले ४४ ओभरमा अलआउट हुँदै १५७ रन जोडेको हो । उसका लागि लवप्रित सिंहले सर्वाधिक ५२ रन जोडे । ८२ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, इथान डीसुजाले २५ बलमा १८, यशवान्त वल्थपाले ३२ बलमा १६, आर्यान्स शर्माले ३० बलमा १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ६ विकेट लिए भने मौसम ढकालले २ तथा कुशल मल्ल र पवन शर्राफले १–१ विकेट लिए । राष्ट्रिय टोलीबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो ।