२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर – फोटोफिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भन्दै सो सेवा सदनको भवन भत्काउने काम सुरु गरेको हो ।

समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुका लागि सो भवनमा आश्रय दिँदै आउनु भएको छ । यता, महानगरपालिकाले भने सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानुनी राज्यको कर्तव्य भएकाले भत्काउने काम गरिएको जनाएको छ । महानगरपालिकाका नगर प्रहरी वल प्रमुख राजुनाथ पाण्डेले अनधिकृत रुपमा बनेका संरचना भत्काउनु परेको बताउनु भयो ।

उहाँले कानुनी राज्यमा कानुन अनुसार काम हुने भन्दै आफूहरुले सोही अनुसार सो सदनको अनधिकृत भवन भत्काउने काम सुरु गरेको बताउनु भयो । नगरप्रहरी प्रमुख पाण्डेले आश्रय लिईरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिकहरुको पनि महानगरपालिकाले आश्रयको व्यवस्था गर्ने आश्वासन दिनु भयो । उहाँले भन्नु भयो, ‘यो अनाधिकृत संरचना हो । यो सार्वजनिक जग्गा हो । यसमा भएको संरचना भत्काईन्छ । कानुनी व्यवस्था यही हो । कानुनी राज्यमा कानुन अनुसार काम हुन्छ । भावनामा बग्ने छुट हामीलाई छैन ।’

यता, सामाजिक संघ, संस्थाहरुले भने समाजसेवाको क्षेत्रमा समर्पित सो सदन भत्काउने काम गरेको भन्दै काठमाडौं महानगरपालिकाको विरोध गरेका छन । उनीहरुले पूर्व जानकारी समेत नगराई अनाथ, अशक्त र असहाय बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुलाई आश्रय दिने काम गरिरहेको सो सदनको भवन भत्काउने महानगरपालिकाको कदमलाई अत्याचारको संज्ञा दिएका छन् ।

जब्बरजस्ती ढंगले सो सदनको भवन भत्काउने काम गर्नु गलत भएको राउटे लोपोन्मुख सिमान्तकृत उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘जब्बरजस्ती सामान नै उठाउन नदिएर डोजर चलाउनु राम्रो होइन । असहाय, महिला, बालिबालिका, ज्येष्ठ नागरिकहरुको व्यवस्थापनका लागि समय चाहिएको कुरा हामीले राखेका हौं ।’

अन्य संस्थाहरुले पनि सो सदनलाई महानगरपालिकाले प्रयोगमा ल्याउनुपर्नेमा भत्काउने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।

पञ्चायतकालमा सांसद हुँदै सहायकमन्त्री समेत रहनु भएकी घलेले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवाको काममा परिचालन गर्दै आउनु भएको छ । उहाँले सो सदन भित्र पुस्तकालय, बाचनालय, धार्मिक स्थल, स्कुल आदिको रुपमा प्रयोग गर्दै आउनु भएको छ ।