२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बर्तौलाद्वारा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चको संसदीय बैठकमा सम्बोधन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा बसेको उच्चस्तरीय राजनीतिक मञ्चअन्तर्गतको संसदीय बैठकमा सम्बोधन गरेका छन् ।

साउन १० गतेदेखि जारी बैठकमा सांसद बर्तौलाले नेपालको तर्फबाट दिगो विकास लक्ष्य नम्बर ६ (स्वच्छ खानेपानी तथा सरसफाइ)का लागि संसदीय कारबाहीबारे संक्षिप्त धारणा राखेका हुन् ।

‘नेपालको तर्फबाट ‘दिगो विकास लक्ष्य नम्बर ६ (स्वच्छ पानी र सरसफाइ) को लागि संसदीय कार्य कार्यक्रममा हामी सांसदहरुलाई २ मिनेट समय दिइएको थियो । कार्यक्रममा ८२ भन्दा बढी देशका सांसदहरुको उपस्थिति रहेको थियो । नेपालको प्रतिनिधित्व गर्ने हामी तीन जना सांसदले विभिन्न विषयमा आफ्नो धारणा राख्ने अवसर पायौं ।’ बर्तौलाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

८२ भन्दा बढी देशका सांसदहरूको उपस्थिति रहेको कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने सांसद बर्तौला, माओवादीका सांसद माधव सापकोटाले पनि आफ्नो धारणा राखेका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो ।

टोलीमा कांग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक बर्तौला, माओवादी केन्द्रका सांसद सापकोटा, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।




भर्खरै