२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बञ्चरेडाँडावासीले फोहोर फाल्न अवरोध गरेपछि बुधबारदेखि काठमाडौँको फोहोर नउठ्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा मंगलबार पनि अवरोध गरेका छन्।

स्थानीयवासीको अवरोधका कारण काठमाडौँ महानगरबाट फोहोर बोकेको कुनै पनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले उल्लेख गरेको छ ।

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीहरुले नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीले फोहोर विसर्जन गर्न अवरोध गरेपछि फोहोर मैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो ।

सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, आदेशको अवज्ञा गर्दै स्थानीयले फोहोर बोकेर जाने गाडीमा अवरोध गरेका छन् ।

सोमबार ३० वटा फोहोर बोकेका गाडी ल्याण्डफिल साइट जाँदा बाटोबाटै फर्केको संघले जनाएको छ । मंगलबार भने फोहोर बोकेको गाडी काठमाडौँबाट नै गएका छैनन् । महानगरका अनुसार काठमाडौँ उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने गरेका छन् ।

फोहोरमैला व्यवस्थापन संघले बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोध कारण बुधबारदेखि काठमाडौँको फोहोर नउठ्ने बताएको छ ।