८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एनआरएनए अमेरिकाको सचिवमा तनहुँका विश्व सुवेदीको उम्मेदवारी

एनआरएनए अमेरिकाको सचिवमा तनहुँका विश्व सुवेदीको उम्मेदवारी
अ+ अ-

काठमाडौँ । गैर आवसिय नेपाली संघ एनआरएनए अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए एनसिसि युएसको २०२३–२०२५ कार्यकालको सचिव पदका लागि तनहुँका सुवेदीले उम्मेदवारी दिने भएका हुन् । तनहुँको भिमाद नगरपालिका –६ निवासी सुवेदी अध्ययनको सिलसिलामा अमेरिका पुगेका बिगत १३ वर्ष देखि प्रोफेसनल इन्जिनीरिङ र आईटीका काममा व्यस्त रहेका छन् ।

समाजसेवी तथा सहयोगिको छवि बनाएका उनी विषेश गरि युवापुस्ताहरुलाई हरेक क्रियाकलापमा अगाडी बढाउनुपर्छ भन्ने धारणासहित युवापुस्तामा लोकप्रिय छन् ।

तनहुँ घर भएर पोखरामा अध्ययन गरेका सुवेदिकै नेतृत्वमा हरेक वर्षको जुलाई ४ को स्वतन्त्र दिवस पारेर तिन दिने वीकेंडमा नेपलिज अमेरिकन कन्भेन्सनको २०१६ देखि आयोजना गर्दै आएका छन् ।

उक्त कन्भेन्सनमा विशेष गरि युवावर्गहरुलाई समेटिने खेलकुद र खेलकुदमा पनि फुटबलको आयोजना हुने गर्दछ । गत हप्ता मात्रै टेक्सासको डल्लासमा आयोजना भएको छैठौ नेपलिज अमेरिकामा कन्भेन्सन भव्यताका साथ् सम्पन्न गराउन उनको महत्वपूर्ण भूमिका थियो ।

२०१३ मा सुवेदीले एफ वान ग्रुप खडा गरेर अमेरिकाभरि रहेका विद्यार्थी भिसामा आएकाहरुलाई ११०० डलरका दरले ६ जना विद्यार्थी लाइ छात्रवृति प्रदान गरिएको थियो । उक्त एफ वान ग्रुप ले त्यसपछि नेपालका विद्यालयमा पुस्तक, ल्यापटप आदि प्रदान गरेको थियो ।

२०७२ को महाभूकम्पताका ब्यास बिस्सु छुट्टिको समएमा नेपाल मै थिए । भुकम्पको भोलिपल्ट नै स्थानिय युवा क्लब भिमादसँगको सहकार्यमा आफ्नो नेतृत्वमा एक महिना राहत वितरणमा उनी सरिक भए ।

भुकम्पले क्षतिग्रस्त जिल्लाहरुमा राहत बाड्ने काममा अग्रसर रहेका सुवेदीले भूकम्पले बढी क्षति पुर्याएको गोरखाको तत्कालित तान्द्रंग गाविसमा रहेको भूकम्पले भत्काएको विद्यालय भवन पुनः निर्माण गरेका थिए ।

भूकम्पको राहत बाँडेर अमेरिका फर्किएलगत्तै, मिस नेपाल क्यालिफोर्निया कार्यक्रम आयोजना गरी त्यसबाट जम्मा भएको २३ लाखको लागतमा, गोरखामा ५ कोठे भवन बनाएका थिए ।

कला, चलचित्र क्षेत्रमा समेत रुची राख्ने सुवेदीले अमेरिकामा रहेका नेपाली हरुको जीवन, विशेष गरि बिद्यार्थीहरुको विषयलाई लिएर गत वर्ष ‘लाइफ इन एलए’नामक नेपाली चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्र नेपालसहित अमेरिकाकोे विभिन्न शहरमा भव्यताका साथ प्रदर्शन भएको थियो ।