२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए अमेरिकाको सचिवमा तनहुँका विश्व सुवेदीको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । गैर आवसिय नेपाली संघ एनआरएनए अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए एनसिसि युएसको २०२३–२०२५ कार्यकालको सचिव पदका लागि तनहुँका सुवेदीले उम्मेदवारी दिने भएका हुन् । तनहुँको भिमाद नगरपालिका –६ निवासी सुवेदी अध्ययनको सिलसिलामा अमेरिका पुगेका बिगत १३ वर्ष देखि प्रोफेसनल इन्जिनीरिङ र आईटीका काममा व्यस्त रहेका छन् ।

समाजसेवी तथा सहयोगिको छवि बनाएका उनी विषेश गरि युवापुस्ताहरुलाई हरेक क्रियाकलापमा अगाडी बढाउनुपर्छ भन्ने धारणासहित युवापुस्तामा लोकप्रिय छन् ।

तनहुँ घर भएर पोखरामा अध्ययन गरेका सुवेदिकै नेतृत्वमा हरेक वर्षको जुलाई ४ को स्वतन्त्र दिवस पारेर तिन दिने वीकेंडमा नेपलिज अमेरिकन कन्भेन्सनको २०१६ देखि आयोजना गर्दै आएका छन् ।

उक्त कन्भेन्सनमा विशेष गरि युवावर्गहरुलाई समेटिने खेलकुद र खेलकुदमा पनि फुटबलको आयोजना हुने गर्दछ । गत हप्ता मात्रै टेक्सासको डल्लासमा आयोजना भएको छैठौ नेपलिज अमेरिकामा कन्भेन्सन भव्यताका साथ् सम्पन्न गराउन उनको महत्वपूर्ण भूमिका थियो ।

२०१३ मा सुवेदीले एफ वान ग्रुप खडा गरेर अमेरिकाभरि रहेका विद्यार्थी भिसामा आएकाहरुलाई ११०० डलरका दरले ६ जना विद्यार्थी लाइ छात्रवृति प्रदान गरिएको थियो । उक्त एफ वान ग्रुप ले त्यसपछि नेपालका विद्यालयमा पुस्तक, ल्यापटप आदि प्रदान गरेको थियो ।

२०७२ को महाभूकम्पताका ब्यास बिस्सु छुट्टिको समएमा नेपाल मै थिए । भुकम्पको भोलिपल्ट नै स्थानिय युवा क्लब भिमादसँगको सहकार्यमा आफ्नो नेतृत्वमा एक महिना राहत वितरणमा उनी सरिक भए ।

भुकम्पले क्षतिग्रस्त जिल्लाहरुमा राहत बाड्ने काममा अग्रसर रहेका सुवेदीले भूकम्पले बढी क्षति पुर्याएको गोरखाको तत्कालित तान्द्रंग गाविसमा रहेको भूकम्पले भत्काएको विद्यालय भवन पुनः निर्माण गरेका थिए ।

भूकम्पको राहत बाँडेर अमेरिका फर्किएलगत्तै, मिस नेपाल क्यालिफोर्निया कार्यक्रम आयोजना गरी त्यसबाट जम्मा भएको २३ लाखको लागतमा, गोरखामा ५ कोठे भवन बनाएका थिए ।

कला, चलचित्र क्षेत्रमा समेत रुची राख्ने सुवेदीले अमेरिकामा रहेका नेपाली हरुको जीवन, विशेष गरि बिद्यार्थीहरुको विषयलाई लिएर गत वर्ष ‘लाइफ इन एलए’नामक नेपाली चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्र नेपालसहित अमेरिकाकोे विभिन्न शहरमा भव्यताका साथ प्रदर्शन भएको थियो ।