१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

हामी एमालेको पक्षमा होइन, स्थायित्वका पक्षमा छौँ– रवि लामिछाने

हामी एमालेको पक्षमा होइन, स्थायित्वका पक्षमा छौँ– रवि लामिछाने
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो पार्टी छुट्टै प्रतिपक्ष भएकाले रास्वपा प्रमुख प्रतिपक्ष एमालेको पछि नलागेको उहाँको स्पष्टोक्ति थियो ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले संसद्मा चौथो ठूलो दल रास्वपालाई प्रमुख प्रतिपक्षी एमालेको पछि लागेको भाष्य निर्माण गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । रास्वपा आफ्नो एजेन्डामा अगाडि बढिरहेको उहाँको भनाइ थियो ।

गत वैशाख १० को उपनिर्वाचनपछि सरकारमा सहभागी हुन प्रस्ताव आइरहेको सभापति लामिछानेले जानकारी दिनुभयो । यद्यपि तत्काल सरकारमा सहभागी हुने पार्टीको योजना नरहेको र त्यसबारे पार्टीमा छलफल पनि नचलाएको उहाँले बताउनुभयो ।

“उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौं । उहाँहरूको जे समझदारी भएको छ त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौं । हामी सरकारमा जाने रेसमा छैनौँ”, उहाँले भन्नुभयो ।

रास्वपा स्थायित्वका पक्षमा रहेको भन्दै उहाँले जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहेको बताउनुभयो । जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै भएको उहाँको भनाइ थियो ।

सत्तापक्षका दोस्रो र तेस्रो तहका नेताहरूले ‘सहयोग चाहिन्छ है’ भनिरहेको तर, ती प्रस्तावलाई आफूले गम्भीरतापूर्वक नलिएको सभापति लामिछानेले बताउनुभयो ।

संसद् र बाहिर पनि रास्वपा आफ्ना एजेन्डामा नै अघि बढ्ने भन्दै उहाँले कुनै पनि दलको पछि लाग्ने र उनीहरूका एजेन्डा बोक्ने पक्षमा आफू नरहेको बताउनुभयो । पुराना पार्टीहरूसँग विभिन्न चरणमा सहकार्य गर्दा उनीहरूसँगै गएको आरोप लागेकाले रास्वपा आफ्नो निर्णयमा चलिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

“पहिला सरकारमा जाँदा हामीलाई माओवादीको पछि लाग्यो, प्रचण्डको पछि लाग्यो भनियो । हाम्रा निर्णय हेर्नुभयो भने यति स्वतन्त्ररूपमा निर्णय गरेको अति नै कम दल छन्”, सभापति लामिछानेले भन्नुभयो, “गत पुस १० को निर्णयअनुसार उपसभामुख हाम्रो दलबाट हुने भन्ने थियो । त्यो अनुसार गयौँ । सरकारमा बस्न सकुन्जेल बस्यौं । जब त्यो सहमति टुट्यो त्यसमा बसिरहनुपर्ने आवश्यकता भएन ।”

प्रतिपक्षमा ठूलो दल एमालेको पछि रास्वपा लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ भन्दै उहाँले भन्नुभयो, “हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी माओवादीको पछि थियौँ, न कांग्रेसको पछि थियौँ, न एमालेको पछि हौँ ।”

प्रतिपक्षको बेन्चमा सँगै हुँदा जनजीविकाका साझा मुद्दामा एमालेसँग कुरा मिल्न सक्ने भए पनि रास्वपा एमालेको पछि नलागेको लामिछानेले स्पष्ट पार्नुभयो।

अहिले पनि प्रतिपक्षमा मुद्दा भए पनि सबै एउटै हुन सक्दैन भन्दै उहाँले भन्नुभयो, “जस्तो सांसद विकास कोषको नाम जे दिए पनि हाम्रो आफ्नो अडान छ । एमालेको अडान के हो त ?”

मिटरब्याजसम्बन्धी विधेयकका बारेमा रास्वपाको मत स्पष्ट रहेको उहाँको भनाइ थियो । उहाँले सत्ता पक्षमा रहेका दलहरू नै बरु त्यसमा सहयोग नगर्ने पक्षमा रहेको बताउनुभयो ।