२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखियो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्व. सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

बुधवार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८:३३ बजे निधन भएको हो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । आज भने हृदयाघात भएपछि बिहान ८ बजे अस्पताल पुर्‍याइएको थियो ।

आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । उहाँको पार्थिव शरीर श्रदाञ्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ ।