२५ श्रावण २०८३, सोमबार
,
Latest
शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै आजको बैठकमा पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने कार्यक्रम छ ।

गत वर्षको साउनमा बैठक बसेपछि आजसम्म बैठक बस्न सकेको थिएन । झन्डै एक वर्ष पछि बस्न लागेको उक्त बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउने देखी भातृ संगठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गरिने भएको छ ।

बैठक अघि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक बस्ने छ । शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ । बैठकले महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्ने भए पनि एक गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।