२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकार गठन विवादसम्बन्धी मुद्दा मंगलबार पनि हेर्न नभ्याउने सूचीमा



अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा मंगलबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।

नेकपा (एमाले) ले सर्वोच्चमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। मंगलबार उक्त रिटको पेसी न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको थियो ।

न्यायाधीश श्रेष्ठको इजलासले एक थान मात्र मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा हेर्न नभ्याउने सूचीमा राखेर स्थगित गरेको छ । उक्त मुद्दा आइतबार र सोमबार पनि पेसी तोकिने अनि हेर्न नभ्याउने हुँदै सर्दै आएको थियो।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाको नियुक्ति, बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो ।