१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएँ – प्रधानमन्त्री दाहाल

प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएँ – प्रधानमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको हो । उहाँले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले आफुलाई प्रधानमन्त्री बनेको देख्न चाहाने शुभेच्छा राखेको कुरा मात्र आफूले केही दिन अघिको सार्वजनिक कार्यक्रममा राखेको स्पष्ट पार्नुभयो । भावनात्मक र पारिवारिक वातावरणमा भएको सो कुरालाई मात्र आफूले पुस्तक विमोचन कार्यक्रममा राखेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले सो कुरा नभनेको भएपनि हुने भन्दै आत्मआलोचना समेत गर्नुभयो । उहाँले आफ्नो भावनात्मक अभिव्यक्ति राष्ट्रप्रति नै घात हुनेखालको नभएको बताउनु भयो । उहाँले सो कुरा प्रधानमन्त्रीको हैसियतमा नबोलेको भएपनि हुने कुरा आफुले स्वीकार गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यही क्रममा सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाई नै हुनुपर्छ भन्ने प्रशंग उठाउनु भयो त्यतिबेला । उहाँले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिइनँ । मैले उहाँलाई फेरि प्रधानमन्त्री बनाइदिओस् भनेर भन्नेकुरा पनि थिएन । तर उहाँले भावनामा आएर तपाई हुनुपर्छ, यो परिवर्तन ल्याउने मुख्य तपाई हो त्यसकारण प्रधानमन्त्री तपाई हुँदाखेरी हुन्छ । मैले त यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु । नेपालमा पनि भन्नुभएको छ उहाँले त्यतिबेला । नेपालमा पनि पार्टीहरु सँग कुरा गर्ने गरेको छु । तपाईलाई प्रधानमन्त्री बनाउन भनेर उहाँले भन्नुभयो । मैले धन्यवाद भने । त्यहाँभन्दा बढी उहाँलाई तपाईको यो शुभेच्छाको निम्ति धन्यवाद तर अहिले त्यो स्थिति छैन । थिएन पनि । त्यसकारण एउटा कुरा बडो प्रष्ट शब्दमा यो सम्मानित सदन समक्ष के भन्न चाहन्छु भने यो मेरो कुरापनि थिएन ।

मेरो अनुरोध पनि थिएन । आग्रह पनि थिएन । एउटा भावनात्मक वातावरणमा, पारिवारिक वातावरणमा अलिकति भावुक बनेर प्रितम सिंहले नै उठाएको कुरा जसप्रति मैले तपाईको सदासयताका निम्ति धन्यवाद बाहेक अरु भन्न पनि सक्दैनथेँ । भन्नुको अर्थपनि थिएन । अस्ति पुस्तक विमोचन यो त ११ वर्ष पछिको कुरा भयो । उहाँले गरेको सामाजिक काम भन्दै जाँदा मैले झट्ट ०६८/०६९ को छोरी डेथ बेडमा हुँदाखेरीको कुरा सम्झे र मैले भनेँ त्यहाँ, सरदार प्रितम सिंह खालि सामाजिक सेवा र यातायातमा मात्रै होइन राजनीतिमा पनि रुची राख्नुहुन्छ उहाँले । उहाँले एउटा चरणमा मलाई प्रधानमन्त्री बनाउन दिल्लीमा पनि कुरा गरेको कुरा र देशभित्रका राजनीतिक दलसँग पनि गरेको कुरा उहाँले गर्नुभएको थियो ।

त्यसकारण राजनीतिमा पनि रुची राख्नुहुन्छ उहाँ त भन्ने प्रशंगमा मैले त्यो कुरा भने । बोल्दै जाँदा मैले सम्झको ०६८÷०६९ कै कुरा हो । त्यो बेडपनि सम्झिएँ । जहाँ छोरी सुतिराखेको थियो । उठ्न सक्दैनथ्यो । प्रितमले भनेको कुर्सिपनि सम्झिएँ । यहाँहरु सबैलाई थाहा छ म अलिकति भावनात्मक त छु नै यही त प्रचण्ड भयो । अब गर्नुहुन्छ के ? थोरै भावनामा आएँ । र मैले त्यो कुरा नभने हुन्थ्यो । त्यो भन्नुपर्ने जरुरी त थिएन मलाई । तर मैले भने । मनमा आयो भनेँ । के मैले राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वभाविक कुरा प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपथ्र्यो । तर त्यो दिन मलाई के सम्झना छ भने म प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुँगे । र त्यो सेन्टीमेन्ट सम्झिन पुगे मैले । र प्रितम सिंहको सदासयता प्रति धन्यवाद दिन पुँगे । त्यति त हो कुरा । यसले मैले हिजो क्रान्तिकालमा राष्ट्रको स्वाधिनता र भौगोलिक अखण्डताको निम्ति लडाइँ लडेको वर्षौसम्म काटियो, सिद्धियो यतिले ?’

प्रधानमन्त्री दाहालले प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउन सक्ने हैसियतका कुनै शक्ति केन्द्र नभएको बताउनु भयो । उहाँले आफ्नो कमजोरी नै सार्वजनिक र निजी कार्यक्रमहरुमा फरक रुपमा प्रश्तुत हुन नसक्ने रहेको भन्दै आफु मनले बोल्ने गरेको पनि बताउनु भयो । उहाँले आफ्नो भावुकता ठिक नभएको निस्कर्षमा पुगेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफ्नो स्वभावजन्य भावुकताको लागि सदन समक्ष आत्मसमिक्षा गरेको बताउनु भयो । उहाँले अभिव्यक्ति दिँदा आगामी दिनमा शतर्क रहने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी सबैलाई थाहा छ, प्रितम सिंह कुनै शक्ति केन्द्र होइनन् । उनले भनेर कसैलाई प्रधानमन्त्री बन्ने या प्रधानमन्त्री हटाउने सामथ्र्य पनि छैन । र त्यस्तो सम्पर्क व्यक्ति पनि होइनन् । सायद हिजोअस्ति प्रितमले आफैले पनि भनेको छन् मेरो के हैसियत ? मेरो उनसँग कुनै नेता वा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग मेरो एउटा बिरामी छोरीलाई संकटमा आश्रय र सहयोग गरेकोमा कृतज्ञ बाबुको सम्बन्ध मात्र हो मेरो । मेरो सबल पक्ष भनेपनि या कमजोरी भनेपनि म सार्वजनिक र निजी कार्यक्रमरुमा फरक रुपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ मलाई । सायद यो मेरो कमजोरी पनि हो । सायद मेरो सबल पक्षपनि यसभित्र अन्र्तनिहित छ कि ? नीजि जस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । बोल्न त राजनीतिज्ञले अझ प्रधानमन्त्रीले मनले भन्दा दिमागले बढी बोल्नुपर्ने हो । बोल्नुपर्ने त्यो हो भन्ने पनि सैद्धान्तिक रुपले मलाई ज्ञान नभएको होइन । म दिमाग र मन दुवैले बोल्छु ।

कहिले मन अगाडी हुन्छ । कहिले दिमाग अगाडी हुन्छ । दिमाग अगाडी भएको बेलामा विज्ञान हाबी भइराखेको हुन्छ । मन अगाडी भएको बेलामा आवेग, आवेश भनौँ या भावना भइराखेको हुन्छ । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको चाहीँ होइन । मलाइ पटक पटक मेरो दलभित्र पनि, समाजमा सबैले , राजनीतिक दलका नेताहरुले पनि मलाई सुझाव नदिएको पनि होइन । तर ७० वर्षतिर अगाडी बढिराखेको समयमा यो बदल्ने भन्नेकुरा फलामको च्युरा हुँदोरहेछ । अबदेखि त बदल्छु भन्यो । बोल्दै जाँदा आइहाल्छ फेरी । सदनको अगाडी इमान्दारितासाथ यो तथ्य राख्नु बाहेक मसँग के बिकल्प छ र ? यही हो म । यही हो प्रचण्ड ।

विषयवस्तुको अन्तर्य भन्दापनि शब्द र रुप हेर्ने संस्कार अहिले हाबी भइरहेको बेला मेरो यो तहको भावुकता ठिक नभएको निस्कर्षमा म पुगेकै छु । यो भावुकताले काम दिदैन भन्ने निष्कर्षमा म पुगेकै छु । तर स्वभाववश म अन्तरमतको आवाजतिर फर्किहाल्दो रहेछु । मनभित्र कुनै मैलो छैन । नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्तिहरु समान हुँदारहेछन् । यो स्वभावजन्य भावुकताका लागि म सदनसमक्ष आत्मसमिक्षा गर्न चाहान्छु । र भविष्यमा यहाँ चलेको वहसले मलाई सतर्क हुन उत्प्रेरित गर्ने ठानेको छु र यसअर्थमा प्रतिपक्षलाई पनि म धन्यवाद भन्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले दलहरुले आफुलाई प्रधानमन्त्री कसले बनाउने भनेर प्रश्न गरेर राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेलना गरेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग समिति सभापति चयनको सम्बन्धमा र अन्य विधेयकहरु पारित गर्ने सम्बन्धमा निरन्तर छलफल भइरहेको भन्दै भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन गर्नका लागि नभएको स्पष्ट पार्नुभयो । ओलीसँगको भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन गर्नका लागि हो भनि कपोकल्पित कुरा बाहिर आएकोप्रति उहाँले खण्डन गर्नुभयो ।