२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिन्छौँ– परराष्ट्रमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिइने भन्दै यस विषयमा सर्वसहमति आवश्यक हुने बताउनुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा उहाँले यस्तो विषयमा सर्वपक्षीय सर्वसहमति आवस्यक हुने भन्दै यस आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय लिइने जानकारी दिनुभयो ।

भारतीय कानूनमा परिवर्तन भएपछि गोर्खा भर्ती रोकिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल भएको छैन ।”

भारतको ‘अग्निपथ’ योजनाअनुसारको गोर्खा भर्तीमा नेपालले असहमति जनाएपछि गत अगस्ट महिनाको अन्त्यमा भर्ना छनोटको काम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

भर्ना लिइएका युवामध्ये निश्चित प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अरूलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने नीति भारत सरकारले अवलम्बन गर्ने निर्णय गरेको थियो ।

भारत सरकारको उक्त निर्णयपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्निपथ योजनाअनुसारको गोर्खा भर्ती स्थगित गरेको थियो।