१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, एमालेको अडान कायमै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, एमालेको अडान कायमै
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभा को बैठक आज बस्दै छ । हिजो बस्दै नबसी सूचना टाँस गरेर सारिएको बैठक आज बस्ने भएको हो ।

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए । तर पछि ३ बजे पनि नबसी सूचना टाँसेर बैठक स्थगित भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गरिरहेको छ । बैठक चलाउने सहमति जुटाउन भन्दै हिजो प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो । तर, अन्तिम समयमा आएर बैठक सारिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताउनुभएको थियो ।

ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको बताउँदै प्रधानमन्त्रीको प्रेस सल्लाहकारले राजीनामा दिनुपर्ने र गृहमन्त्री श्रेष्ठले माफी माग्नुपर्ने अडान राख्दै आउनुभएको थियो । संसद अवरुद्ध गर्ने एमालेको अडान कायमै रहेकाले आजको बैठक चल्ने वा नचल्ने अझै स्पष्ट भइसकेको छैन ।

यसैबीच, आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेलगायत सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभाको आजको बैठक ११ः०१ बजेका लागि बोलाइएको छ । आजको बैठकमा आगामी आवका लागि बिनियोजित विधेयकको शीर्षकगत छलफल हुनेछ ।