२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी काण्डमा सार्वजनिक अडियोबारे आरजुको भनाई



अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो झुट भएको डा राणाले बताएकी छिन् । उनले सो अडियोमार्फत् आफूलाई जबर्जस्ती विवादमा ल्याउन खोजिएको उनको भनाई रहँदै आएको छ ।

साथै सो अडियोमा सन्देश शर्माको अडियो भएको भनी आज प्रहरीले भने पनि उनले दिएको बयान भने अर्कै रहेकाले यस प्रकरणमा आफूलाई जबर्जस्ती तान्ने प्रयास गरिएको डा राणाको भनाई छ ।
डा। देउवाले नक्कनी भुटानाी शरणार्थी काण्डको अनुसन्धान भैरहेको बेला आफुलाई जोडेर सार्वजिनक भएको अडियोको सत्य, तथ्य अनुसन्धान गर्न नेपाल प्रहरीमो निवेदन दिएकी थिईन ।

नेपाल प्रहरीको हिरासतमा रहेका अभियुक्त सन्देश शर्माले प्रहरीसँग बैशाख ४ गते नै बयान दिएका थिए । उनले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजु राणाको नाम लिएको अडियो बैशाख १६ गते मात्रै सार्वजनिक गरिएको थियो । डा देउवाले भने अडियो सार्वजनिक भएपछि बैशाख २७ गते अनुसन्धानका लागि प्रहरी समक्ष उजुरि दिएकी थिईन ।

उक्त निवेदनबारे पत्र पठाउदै प्रहरीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिए अनुसार आफुलाई अनुकुल हुनेगरी मात्रै नाम लिएको तर डा देउवालाई आफुले चिन्दा पनि नचिनेको र यो काण्डमा कहि कतै सम्वन्ध नरहेको उल्लेख गरेको भन्दै आरजु देउवाका बारेमा आएको अडियो झुट भएको जनाएको हो ।

नेपाल प्रहरीले सन्देश शर्माले अदालतमा दिएको बयान नै सत्य भएको भन्दै अडियोमा बोलिएको विषय वस्तुमा सत्यता नभएको बयानकर्ताले नै बोलिसकेको पनि यसअघि जनाएको थियो । नेपाल प्रहरीले उक्त निवेदन उपर पत्र पठाउदै अदालतमा सन्देश शर्माले दिएको बयान नै सत्य भएको उल्लेख गर्दै आरजु राणाको संलग्नता नभएको स्पष्ट पारेको हो ।

सन्देश शर्माले काठमाडौं जिल्ला अदालनमा दिएको बयानमा भनेका छन्, ‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारी सके निजहरु आएको समयमा हामी तपाईलाई फोन गर्छौं सो समयमा तपाईले हामीले भनेको मानिसलाई रकम बुझाएका छौँ भनी जानकारी राई दिनुभयो भने हामी बाच्छौँ भनी पहिले नै निजहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरुले भने अनुसार आरजु देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो, उक्त कुरा वास्तविक होईन, जाहेरवालाले भन्नु भने अनुसार मात्र भनेको हुँ ।’