२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान गर्दै



अ+ अ-

काठमाडौँ । आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ रुटमा सिधा उडान पुन: सुरु गर्ने भएको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफरसमेत ल्याएको छ।

सियानबाट काठमाडौँको एकतर्फी यात्राका लागि रु १२ हजार ६०० (६९० युयान) मात्र र सियान–काठमाडौँ–सियान दुईतर्फी यात्राको रु १८ हजार रुपैयाँ (९९० युयान) निर्धारण गरेको छ ।

एयरलाइन्सले यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइने जनाएको छ ।

एयरलाइन्सले काठमाडौँसहित नेपालका पर्यटकीय गन्तव्यका बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान सञ्चालन गर्ने जनाएको छ।

यसअघि काठमाडौँदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुन: सुचारु भएको छ। त्यस्तै, सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ।