२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सम्बोधन गरेर संसद्को अवरोध हटाउने समझदारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर संसद्को दुवै सदनको अवरोध हटाउने समझदारी भएको छ ।

प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ ।

प्रधानमन्त्रीको अनुरोधमा आइतबार १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले ३ बजेको उक्त बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको बताइएको छ ।

प्रधानमन्त्रीले आफ्ना कुरा राखेर सदनको अवरोध हटाउने समझदारी भएको छ । असार १८ गते प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको थियोे ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार शीर्ष नेताबीचको छलफल सकारात्मक भएको जानकारी दिएका छन् ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले पनि प्रधानमन्त्रीले बैठकको सुरुमा बोल्ने र संसद् सुचारु राख्ने विषयमा समझदारी बनेको जानकारी दिनुभयो ।