१ आश्विन २०८३, बिहीबार
,
Latest
सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन १ करोड डोज खोप दिन तयार, तर मन्त्री त्रिपाठीले अड्काए फाइल



अ+ अ-

काठमाडौ । नेपालमा चीनबाट तत्कालै १० लाख डोज खोप आउदै छ । त्यसमध्येको २ लाख डोज चाहिँ तिब्बत सरकारले नै नेपालसम्म ल्याइदिने भएको छ । तर पनि चीनले थप दिने भनेको अरु खोपको प्रक्रियासम्बन्धी फाइल स्वास्थ्य मन्त्रालयले नै अघि नबढाउदा सहुलियतको खोप नै अन्योलमा परेको खुलासा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग बुधबार भएको सम्बादपछि चीनले नेपाल सरकारलाई तत्काल सहयोग स्वरुप उपलब्ध गराउने १० लाख डोज खोप तयारी अवस्था राखिएको जनाएको छ ।

समाचार श्रोतका अनुसार १० लाखमध्ये आठ लाख डोज चीनको राजधानी बेइजिङबाट नेपाल सरकारले ल्याउने छ भने बाँकी दुई लाख डोज खोप तिब्बत सरकारले नै ढुवानी गरिदिने भएको छ । चिनियाँ पक्षले नेपाल पठाउने खोप तयारी अवस्था राखेको जानकारी बेइजिङस्थित नेपाली दूतावासलाई गराइसकेको छ ।

यसबारे दूताबासले पराराष्ट्र मन्त्रालयलाई जानकारी पनि गराइसकेको छ । समाचार श्रोेतका अनुसार चीनले नेपाललाई कोम्याक्स खोप अनुदान र सहुलियत मुल्यमा गरी १ करोड डोज उपलब्ध गराउने तयारी गरेको छ ।

नेपाललाई न्यून मुल्यमा दिने खोपको परल मुल्य सार्वजनिक गर्न नपाइने सम्झौता चिनियाँ पक्षले पठाए पनि एकसातादेखि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले यसबारेमा कुनै निर्णय नै नगरी फाइल अड्काएर राखेको मन्त्रालयको स्रोतले जानकारी दियो ।

नेपाल सरकारले यस बारेमा निर्णय दिए लगत्तै चीन सरकारले खोप पठाउने तयारी सुरु गर्ने जनाइएको छ ।