२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकेटार विमानस्थल अब ‘रविन्द्र विमानस्थल’



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रविन्द्र विमान स्थल’ मा नामाकरण गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको स्मृतिमा विमानस्थलको नामाकरण गरी थप विकसित गरिने उल्लेख  छ । 

यसका लागि आवश्यक रकम समेत विनियोजित गरिएको वक्तव्यमा उल्लेख छ । विसं २०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दूर्घटनामा परी पूर्व मन्त्री अधिकारी सहित सातजनाको  निधन भएको थियो ।

तामोर कोरिडोर सम्पन्न गर्न रु ६ अर्ब ५० करोड  विनियोजन 

यसैगरी सरकारले तामोर कोरिडोर र कोशी कोरिडोर निर्माण सम्पन्न गर्न रु ६ अर्ब ५० करोड  बजेट विनियोजन गरेको छ । यो करिडोरले भारत र चीनसँग जोड्ने छोटो  दूरीमा जोड्छ । 
अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ इला डाँडामा निर्माण भइरहेको  छ ।  ती दुई देशसँग सडक संञ्जालले जोड्न चार किलोमिटर मात्र बाँकी रहेको उतर दक्षिण लोक मार्ग कार्यलयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभयो  ।