२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत्– मुख्यमन्त्री कार्की



अ+ अ-

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आफूले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत् भएको बताउनुभएको छ ।

प्रदेशसभाको बैठकमा बजेट टेबुल गर्दै उहाँ सरकारलाई समर्थन गरेका दलहरूले ९ दिनअघि सरकारबाट हात झिक्दा अध्यादेशमार्फत बजेट ल्याउन आफू बाध्य भएको बताउनुभयो ।

“जेठ ३१ गते नीति तथा कार्यक्रम ल्यायौँ । सरकारमा रहेकाले समर्थन फिर्ता लिएपछि न हामी विश्वासको मत लिनसक्थ्यौँ, न नीति कार्यक्रमलाई रोक्न सक्यौँ । न बजेटलाई टार्न सक्थ्यौँ”, उहाँले भन्नुभयो, “यी तीनवटै कुरा असम्भव थिए । नीति तथा कार्यक्रम आएपछि संविधानको धारा २२० लाई प्रयोग गर्दै त्यो दिन रातिबाट सभा समापन गरेर अध्यादेश ल्याउनुपर्ने बाध्यता भयो । त्यहाँ क–कसको कमजोरी भयो भोलिका दिनमा देखिन्छ । असार १ गते बजेट ल्याइसक्नुपर्ने थियो । बजेट ल्याउँदा नल्याउँदा समस्या हुने भएकाले मैले संविधानको धारा २२० लाई आत्मसाथ गर्दै जेठ ३२ गते बजेट ल्याएको हुँ ।”

मुख्यमन्त्रीको उक्त भनाइपछि प्रदेशसभाको बैठकमा उहँँले प्रस्ताव गर्नुभएको विश्वासको मत लिन कार्यसूची रहेको छ ।