२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: विश्वासको मतमा जसपा तठस्थ बस्ने



अ+ अ-

विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गर्नुहुने विश्वासको मतका बारेमा तटस्थ बस्ने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ।

जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, “हामी पहिचानको आन्दोलनमा छौँ, मतदान प्रक्रियामा सहभागी हुन्नौँ, पार्टी प्रदेश कमिटी र संसदीय दलको निर्णय यही हो।”

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा पर्नुभएको थियो ।