२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि प्रदेश सभामा बजेट अध्यादेश पेश हुने



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभन्दा अघि प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी अध्यादेश पेश हुने भएको छ ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीको सुरुमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेको पत्र वाचन हुनेछ ।

त्यसपछि पुन: संविधानको धारा २०२ बमोजिम प्रदेश सभामा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश, २०८० र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०८० पेश हुने कार्यसूची रहेको छ ।

कार्यसूचीअनुसार दुईवटै अध्यादेश प्रदेश सभामा पेश भएपछि मात्रै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने छ ।आज बिहीबार दिउँसो १ बजेको लागि कोशी प्रदेशको प्रदेशसभा बैठक बोलाइएको छ ।

अध्यादेशसम्बन्धी संविधानको धारा २०२ को उपधारा (१) मा प्रदेशसभा चलिरहेको अवस्थामा बाहेक प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने उल्लेख छ । उपधारा (२) को (क) प्रदेश प्रमुखबाट अध्यादेश जारी भएपछि बसेको प्रदेशसभाको बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ ।

उक्त प्रस्ताव पेश भएपछि मात्रै संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम १२८ (४) बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ ।