६ पुष २०८२, आईतवार
,
Latest
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार एनआरएनसँग सहकार्य गर्न प्रतिबद्ध छ : उप्रधानमन्त्री खड्का



अ+ अ-

मस्कट । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्दै देशको समृद्धिका लागि अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएकोछ ।

खड्काले ओमानको राजधानी मस्कटमा बुधवार आयोजित आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिका रुपमा सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैरआवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गर्नुभयो । उहाँले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाँले सरकारले एनआरएनका विषयलाई गम्भीरतापूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताउनुभयो ।

उहाले संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन आएको भन्दै छिट्टै नियमावलीको काम सक्ने गरी काम सुरु जानकारी समेत दिनुभयो । सरकार र सिंगो संसद एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले प्रष्ट पार्नुभयो ।

विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन समेत गैर आवासीय नेपालीलाई आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन समेत उहाँले आग्रह गर्नुभयो । सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन जुन ३० मा सम्पन्न हुनेछ ।