४ पुष २०८२, शुक्रबार
,
Latest
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इद उल अज्हा संयम, धैर्य, शान्ति र भाइचाराको पर्वः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडाैँ । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये एक इद उल अज्हा (बकर इद), २०८० को स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुस्लिम समुदायको दोस्रो ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयम, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने पर्व हो । मुस्लिम समुदायमा इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा इद उल अज्हा (बकर इद) मनाउने गरिन्छ ।

नेपाली समाजको विशिष्टता नै यहाँको सामाजिक एवं सांस्कृतिक विविधता हो । मानव जातिका मुख्य महाजातिहरू आर्य, मङ्गोल, आष्ट्रिक र द्रविड अन्तर्गतका अनेकौं जातजाति, जनजाति र भाषाभाषी साथै धार्मिक, सांस्कृतिक एवं भौगोलिक वैविध्यका बीचमा आपसी सदभाव, सहिष्णुता, सहअस्तित्व र भाइचारायुक्त सौहार्दता नै नेपाली समाजको मौलिक पहिचान बन्न पुगेको छ ।

‘बकर इद जस्ता चाडपर्वहरूको माध्यमबाट सम्पूर्ण नेपाली हरूमा आपसी एकता‚ सद्‍भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु, उहाँले भन्नुभयाे ।

इद उल अज्हा (बकर इद)ले सबै नेपालीलाई आ-आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।