२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: शिक्षण अस्पतालबाट स्लाइनसहित मीनबहादुरसहित ३ जनालाई सरकारी वकिलको कार्यालय लगियो



अ+ अ-

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अन्य दुई जनालाई स्लाइनसहित सरकारी वकिलको कार्यालय लगिएको छ ।

ललिता निवास प्रकरणमाथि थप अनुसन्धान गर्न म्याद थपको प्रक्रियाका लागि पक्राउ परेका चार जनालाई सरकारी वकिलको कार्यालय लगिएको हो ।

पक्राउ परेकामध्ये गुरुङसहित तीन जना बिरामी भएपछि उनीहरुलाई हिजो मंगलबार महाराजगंजस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुलाई अस्पतालबाटै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल्याएर म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

स्लाइन चढाएकै अवस्थामा स्लाइनको बोतल हातमा बोकेर उनीहरु सरकारी वकिलको कार्यालय पुगेका हुन् ।

ललिता निवास प्रकरणमा गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, कर्मचारी गोपाल कार्की र पूर्वनिर्वाचन आयुक्तसमेत रहेका भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेका छन् । पत्रकार सम्मेलन गरी सीआईबीले प्रकरणमा संलग्न अन्यमाथि निगरानी रहेको जनाएको छ ।