७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

पूर्वी पहाडी जिल्लाहरुमा खाद्यन्नलगायतका अतिआवश्यकीय बस्तुको तत्काल व्यवस्था गर्न सांसद भट्टराईको माग

पूर्वी पहाडी जिल्लाहरुमा खाद्यन्नलगायतका अतिआवश्यकीय बस्तुको तत्काल व्यवस्था गर्न सांसद भट्टराईको माग
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढि र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले ती जिल्लाहरुमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरुका लागि अति आवश्यकीय बस्तुहरुको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

उहाँले ताप्लेजुङ जिल्ला राजमार्गहरुबाट सम्पूर्ण रुपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरुको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानकर्षण गराउनु भयो । उहाँले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

सचिव भट्टराईले भन्नु भयो, ‘गएको जेष्ठ ३२ गतेदेखि भईरहेको अविरल वर्षाले पूर्वी पहाडमा भएको क्षतिबारे यो संसदलाई जानकारी नै छ । ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना, संखुवासभामा २४ जना गरी जम्मा ३४ जनाको अहिलेसम्म मृत्यु भएको खवर छ । र, त्यसको तत्कालै रेष्पोन्स गर्नका लागि सम्माननीय प्रधानमन्त्रीज्यूसँग हामीले भेट्यौं । र, उहाँको नेतृत्वमा स्थलगत अवलोकन गर्ने प्रयत्नभयो । तर मौसमको खरावीले त्यो सम्भव भएन । त्यसपछि पनि सम्बन्धित मन्त्रीहरुसँग हामीले पटकपटक छलफल गर्‍यौं । स्वयम् प्रधानमन्त्रीजीले यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । निर्देशन दिनु भयो । हामीलाई अव छिट्टै काम होला भन्ने लागेको थियो । तर अहिले पनि विशेषगरी ताप्लेजुङ जिल्लालाई जोडने ३ वटा राजमार्गहरु सबै अहिले अवरुद्ध छन । मेची राजमार्ग चलेको छैन ।’

‘ताप्लजुङको सम्पर्क सम्पूर्ण रुपले विच्छेद भएको छ । त्यसकारण ताप्लेजुङमा एक प्रकारले भन्ने हो भने मानविय संकट उत्पन्न भएको छ सभामुख महोदय । खाद्य संकट, मानवीय संकट उत्पन्न भएर ठूलो मानवीय संकट त्यहाँ उत्पन्न भईरहेको छ । पुलहरु बगाएको छ । सडकहरु बगाएको छ । तर जति तदारुकताका साथ त्यसको मर्मत, सम्हार हुनुपर्ने थियो । त्यो हुन सकिरहेको छैन । त्यसकारण फेरीपनि मैले आज सभामुखमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षण गर्नका निम्ति विशेष गरी जहाँ खाद्यन्न संकट छ । ती ठाउँहरुमा हवाई यातायातबाट भएपनि खाद्य, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको आपूर्ति व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु । र, जहाँ काम भइरहेको छ । त्यहाँ पर्याप्त जनशक्ति नै छैन । पुलहरुको मर्मत गर्ने ठाउँमा पर्याप्त जनशक्ति छैन । प्राविधिक इन्जिनियरहरु पुगेका छैनन् ।’

‘सडक मर्मत गर्ने ठाउँमा प्राविधिकहरु पुगेका छैनन् । अनि, अन्य जनशक्तिको पनि अभाव छ । एक दर्जन जति पुलहरु भत्केका छन । दर्जनौ झोलुंगे पुलहरु भत्केका छन । त्यसको तत्काल काम अघि बढाउन पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र, जोखिममा परेकाहरुको पुनस्र्थापनाका लागि दिर्घकालीन योजना तत्काल बनाउन पनि सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचिव भट्टराईले पहिरोले भत्काएका पुलहरुको निर्माणका लागि आवश्यक जनशक्तिको पनि तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो ।