७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई प्रदान गरिने

मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई प्रदान गरिने
अ+ अ-

काठमाडौं । मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिका–४, फाप्लुका डा मिङमार गेल्जेन शेर्पा र हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई प्रदान गरिने भएको छ ।

फाउन्डेसनले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारेमा जानकारी गराएको हो । डा शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दुर्गम जिल्लामा टेलिमेडिसिन सेवालगायतमा महत्त्वपूर्ण नेतृत्व गर्नुभएको जनाइएको छ ।

यसैगरी मगरले विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठिन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बाबजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलताको मानक कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै आउनुभएको आजको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमिमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा तथा खेलकुदका क्षेत्रमा उल्लेख्य योगदान प्रदान गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गरिन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरस्कृत हुने उहाँहरूलाई यही असार १४ गते मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमका बीच जनही रु एक लाख नगदसहितको सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीका योगदानको स्मरण गर्दै उहाँको व्यक्तित्वलाई सम्मान गर्न र उहाँको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरणलगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गर्नुभएका व्यक्तित्वलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न प्रत्येक वर्ष मदन भण्डारी फाउण्डेशनले विसं २०६८ देखि मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा विसं २०७८ देखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज रूपान्तरण र विकासमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने व्यक्ति वा संस्थालाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुुरस्कार प्रदान गर्दै आएको जनाइएको छ ।

जननेता मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा फाउन्डेसनले विविध कार्यक्रम गर्दैआएको जनाएको छ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका जननेता भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा परी निधन भएको थियो । रासस