१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीका शैक्षिक संस्था फागुन १ देखि सञ्चालनमा



अ+ अ-

काठमाडौं । कोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी निषेधाज्ञाको आदेशलाई खुकुलो बनाउँदै स्वास्थ्य मापदण्डको पालना गर्ने गरी भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न अनुमति दिएको हो । गत पुस अन्तिम सातादेखी कोरोना जोखिम बढेपछि बन्द विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न अनुमति दिएको हो । निषेधाज्ञा आदेशपछि  विद्यालयले अहिले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी जयनारायणका आचार्यका अनुसार मास्कको उचित प्रयोग, हात धुने व्यवस्था, सेनिटाइजरको प्रयोग र विद्यार्थीका बीचमा भौतिक दूरी पालना गराउने गरी शैक्षिक संस्था सञ्चालनको अनुमित दिइएको हो । यसैगरी विद्यार्थी ओसारपसार गर्दा माथिल्लो र तल्लो कक्षाका विद्यार्थीलाई भीडभाड नहुने गरी फरक÷फरक समयमा आवागमनको व्यवस्था मिलाउन, अतिरिक्त कक्षा सञ्चालन नगर्न र कक्षाकोठा, शौचालयलगायत भौतिक संरचनाको सरसफाइ गर्न प्रशासनले आग्रह गरेको छ ।

यसैगरी होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको आधाभन्दा बढी नहुने गरी भौतिक दूरी कायम गर्नुपर्ने, मठमन्दिर तथा धार्मिकस्थलमा स्वास्थ्य मापदण्डको पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थन गर्न सकिने जारी सूचनामा उल्लेख छ । जिल्लामा सिनेमा हल, डान्सबार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्यूटीपार्लरलगायत भीडभाड हुने अन्य प्रकारका कार्यक्रममाथि भने अझै पनि रोक लगाइएको छ । 

प्रशासनले आमसभा, जुलुससभा वा धेरै मानिस भेला हुने क्रियाकलाप पनि गर्न नपाइने गरी आदेश जारी गरेको हो ।