६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको अवहेलना गरेको आरोपमा बालेनविरुद्ध उजुरी दर्ता



अ+ अ-

काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ ।

मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी अधिवक्ता वर्षाकुमारी झाले निवेदन पेश गरेकी हुन् ।

उक्त निवेदनलाई न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । यद्यपी, इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै मुद्दा अघि बढ्नेछ ।

केही दिनअघि भारतीय चलचित्रलाई लिएर उच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध मेयर शाहले आलोचना गरेका थिए । उनले अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउदै आफूले उक्त आदेशको पालना नगर्ने बताएका थिए ।