८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल-चीन सम्बन्धमा नयाँ सुत्रपात: पर्यटनमन्त्री किराती

‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल-चीन सम्बन्धमा नयाँ सुत्रपात: पर्यटनमन्त्री किराती
file photo: rss
अ+ अ-

गण्डकी । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उहाँले बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उहाँले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताउनुभयो ।

पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सुत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रह गर्नुभयो ।

“आदरणीय चिनियाँ नागरिकलाई म नेपाल घुम्न आउन निम्तो गर्न चाहन्छु, नेपालमा तपाईहरुलाई स्वागत र सम्मान गर्न हामी आतुर छौँ”, मन्त्री किरातीले भन्नुभयो, “तपाईंहरु नेपाल घुम्न आइदिनुहोस् ।”

मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नुभयो । इतिहासमा चीन र भारतको व्यापारिक नाका रुपमा स्थापित पोखरामा भव्यरुपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उहाँको भनाइ छ ।

नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृति सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरुले महत्वपूर्ण रुपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पयर्टकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत महोत्सवलाई निरन्तरता दिने जानकारी गराउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले फेस्टिभलले पोखरा मात्र नभई समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।

दक्षिण एशियामा पहिलो पटक आयोजना गरिएको यो महोत्सवले नेपालको विश्वभर प्रवद्र्धन एवं यसबाट भविश्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज र भोलि दुई दिन बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो ।

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङ्गा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । रासस