५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान होप र पुरनको शतकमा वेस्ट इन्डिजद्वारा नेपाललाई ३४० रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं। जारी विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजले नेपाललाई जितको लागि ३४० रनको विशाल लक्ष्य दिएको छ । जिम्बावेको हरारे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनायो ।

वेस्ट इन्डिजको लागि कप्तान शाई होप र निकोलस पुरनले शानदार शतक प्रहार गरे । कप्तान होपले १२९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १३२ रन बनाए । यस्तै पुरन ४४ औं ओभरको अन्तिम बलमा ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन बनाएर दीपेन्द्रसिंह ऐरीबाट कट एन्ड बोल्ड भए । चौथो विकेटको लागि होप र पुरनले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

यस्तै, वेस्ट इन्डिजका ब्रान्डान किंगले ३२ रन बनाउदा रोभमन पवेलले २९ रन जोडे । इन्डिजका अन्य कुनै ब्याटरले दोहोरो अंकका रन बनाउन सकेनन् ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले एक एक विकेट लिए।