२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको अन्तर्घातदेखि आठौँ महाधिवेशनको हिसाब फर्छ्यौट गर्न माओवादीको सर्कुलर



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले मातहतका कमिटीमा निर्वाचनको अन्तर्घातदेखि आठौँ महाधिवेशनको हिसाब फर्छ्यौट गर्न ५ बुँदे सर्कुलर पठाएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङको संयुक्त हस्ताक्षर रहेको सर्कुलरमा पार्टी केन्द्रीय समितिको बैठक असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादी, काठमाडौँमा आयोजना गरिएको उल्लेख छ।

बैठकमा केन्द्रीय सदस्य, तीन वटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ।

सर्कुलरमा दुई महिने अभियानको समग्र समीक्षासहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरुमा अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउन, तीनै तहमा सम्पन्न निर्वाचनको घात अन्तर्घात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पठाउन भनेको छ।

सर्कुलरमा केन्द्रीय सदस्य, केन्द्रीय विभागका प्रमुखहरू, मोर्चाका फ्याक्सन इञ्चार्जलगायतले असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

पार्टीले लेवी बुझाउन बाँकी रहेकाका हकमा सबै केन्द्रीय सदस्य र प्रदेशहरूले बुझाउनु पर्ने २० प्रतिशत लेवी र २०७८ पौषमा सम्पन्न भएको आठौँ महाधिवेशनको हिसाब फर्छ्यौट गर्न बाँकी रहेका प्रदेशहरूले समेत आगामी केन्द्रीय समितिको बैठक अगावै अनिवार्य रूपमा हिसाब मिलान गरी फर्छ्यौट गर्न भनेका छ।