६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दा भट्टराई र रेग्मीको संयुक्त इजलासमा



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीकौ इजलासमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको पेसी पहिलो नम्बरमै परेको छ ।

यसअघि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

आजको इजलासबाट सर्वोच्चले अन्तरिम आदेश जारी गरेको अवस्थामा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्नेछ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।

अघिल्लो संसद्बाट राष्ट्रपति कार्यालयमा पुगेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो ।