८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेकपा एसले आज बजेटबारे आफ्ना मन्त्रीसँग छलफल गर्ने

नेकपा एसले आज बजेटबारे आफ्ना मन्त्रीसँग छलफल गर्ने
अ+ अ-

काठमााडौँ । आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टि जनाउँदै आएको नेकपा (एकीकृत समाजवादी)ले आफ्ना मन्त्रीसँग छलफल गर्ने भएको छ । पार्टीका नेताहरुले नै बजेज सही ढंगले बिनियोजन नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

सोही विषयमा पार्टीले आज दिउँसो मन्त्रीहरूसँग छलफल गर्ने भएको छ। यसका लागि पार्टीले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको बैठकमा पार्टीकातर्फबाट मन्त्री बनेकाहरुसँग छलफल गर्न लागिएको पार्टीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

‘पार्टीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुभएको प्रकाश ज्वाला र कृषिमन्त्री बेदुराम भुसालसँग छलफल कार्यसूची रहेको,’ उहाँले भन्नुभयाे, ‘अर्को बजेट असाध्यै असन्तुलित ढंगले आएको छ। यसबारे पनि हामी छलफल गर्छौं।’

मन्त्री ज्वालाले बजेटप्रति यसअघि नै असन्तुष्टि व्यक्त गरिसक्नुभएको छ । भौतिक पूर्वाधार मन्त्रालयका लागि कम बजेट बिनियोजन गरेको भन्दै कार्यान्वयन गर्न कठीन हुने उहाँको भनाइ छ । बजेट आवश्यक पर्ने आयोजनामा बजेट बिनियोजन नै नगरेको भन्दै उहाँले वैदेशिक सहायतामा निर्माण हुने आयोजनामा मात्रै बजेट बिनियोजन गरेको बताइसक्नुभएको छ ।

साथै भौतिक पूर्वाधारको बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखा, अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा बढी बजेट बिनियोजन गरिएको भन्दै एकीकृत समाजवादीका सांसद रूष्ट बनेका छन्।

उपाध्यक्ष पाण्डेले बजेट अन्तन्तै असन्तुलित ढंगले आएको भन्दै समर्थन गर्न नसकिने बताउँदै आएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि बजेटका विषयमा त्यति सन्तुष्ट छैनन्।