२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले आज बजेटबारे आफ्ना मन्त्रीसँग छलफल गर्ने



अ+ अ-

काठमााडौँ । आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टि जनाउँदै आएको नेकपा (एकीकृत समाजवादी)ले आफ्ना मन्त्रीसँग छलफल गर्ने भएको छ । पार्टीका नेताहरुले नै बजेज सही ढंगले बिनियोजन नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

सोही विषयमा पार्टीले आज दिउँसो मन्त्रीहरूसँग छलफल गर्ने भएको छ। यसका लागि पार्टीले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको बैठकमा पार्टीकातर्फबाट मन्त्री बनेकाहरुसँग छलफल गर्न लागिएको पार्टीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

‘पार्टीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुभएको प्रकाश ज्वाला र कृषिमन्त्री बेदुराम भुसालसँग छलफल कार्यसूची रहेको,’ उहाँले भन्नुभयाे, ‘अर्को बजेट असाध्यै असन्तुलित ढंगले आएको छ। यसबारे पनि हामी छलफल गर्छौं।’

मन्त्री ज्वालाले बजेटप्रति यसअघि नै असन्तुष्टि व्यक्त गरिसक्नुभएको छ । भौतिक पूर्वाधार मन्त्रालयका लागि कम बजेट बिनियोजन गरेको भन्दै कार्यान्वयन गर्न कठीन हुने उहाँको भनाइ छ । बजेट आवश्यक पर्ने आयोजनामा बजेट बिनियोजन नै नगरेको भन्दै उहाँले वैदेशिक सहायतामा निर्माण हुने आयोजनामा मात्रै बजेट बिनियोजन गरेको बताइसक्नुभएको छ ।

साथै भौतिक पूर्वाधारको बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखा, अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा बढी बजेट बिनियोजन गरिएको भन्दै एकीकृत समाजवादीका सांसद रूष्ट बनेका छन्।

उपाध्यक्ष पाण्डेले बजेट अन्तन्तै असन्तुलित ढंगले आएको भन्दै समर्थन गर्न नसकिने बताउँदै आएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि बजेटका विषयमा त्यति सन्तुष्ट छैनन्।