८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ: सचेतक बर्तौला

एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ: सचेतक बर्तौला
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताउनुभएको छ ।

बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताउनुभएको हो ।

उहाँले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताउनु भयो । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरबिरोध, असमझदारी र अविश्वासले ढल्ने बताउनु भयो । उहाँले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पार्नुभयो । बर्तौलाले एमालेले आफ्नै सामथ्र्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताउनु भयो । समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्‍याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेकपा(एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भुमिका निर्वाह गरिरहेको छ । नागरिकहरुको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हीतको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदी नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ ।’

‘यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । कतिखेर यो सरकार ढल्ने , एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरु बिचको अन्तरबिरोध, असमझदारी छ, जुनखालको अविश्वास छ, त्यसको कारणले गर्दापनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ । यदी यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो ? किन गर्नुभयो भन्दा उहाँहरुको आयु, उहाँहरुको पद जतिखेर पनि धरापमा छ । त्रासमा हुनुहुन्छ । त्रासका कारणले अनेकौँ खालका गुट निर्माण गरेर हिँडिरहनुभएको छ । यसले देशलाई अन्योलतातर्फ, अस्थिरतातर्फ लानलाई मद्दत पुर्‍याउँछ । राजनीतिक असमझदारी, राजनीतिक अन्यौलता सिर्जना गर्न यसले भुमिका निर्वाह गरेको छ ।’

उहाँले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताउनु भयो । यसले देश र जनताको हीतमा काम नगर्ने टिप्पणी गर्नुभयो । उहाँले मोर्चामा आवद्ध दलहरु बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गर्नुभयो ।उहाँले भन्नुभयो – ‘उहाँहरुको गठबन्धनको सरकार छ । गठबन्धन आफैँमा एउटा मोर्चा बनाएर उहाँहरु हिँडिरहनुभएको छ । त्यो मोर्चाभित्र पनि अर्को एउटा गुट निर्माण गर्नुभयो । यसले के देखाउँछ भने प्रचण्ड प्रत्येक दिन काँग्रेससँग तर्सेर बसिरहनुभएको छ । काँग्रेससँग तर्सेको, एमालेसँग डराएको र स्वार्थहरुले भरिपूर्ण भएको उहाँहरुको यो केन्द्र हो ।’

‘यसको जनताको हीतसँग, राष्ट्रको हीतसँग सम्बन्ध रहन्छ भन्ने मलाई लाग्दैन । मोर्चाका पार्टीहरुको आ–आफ्ना एजेण्डा छ । संविधानकै कार्यान्वयनकै बारेमा पनि फरक फरक दृष्टिकोण र मान्यता रहेका छन् । त्यस आधारमा उहाँहरुले भुमिका पनि गरिरहनुभएको छ । यो उहाँहरु बीचमा गैडाको प्रेम चटाइ हो । गैँडाले प्रेम गरेर चाट्दा जिउको छाला जान्छ । त्यो चटाइको कुनै अर्थ छैन । यो कुनै संसदको समग्र प्रक्रियालाई बलियो बनाउन, सरकारको नियमित काम, गतिबिधि, क्रियाकलापहरुलाई देश र जनताको हितको पक्षमा उभिएर अगाडी बढाउन यो मोर्चाबन्दी गरिएको छैन । स्वार्थलाई केन्द्रमा राखेर, पद, प्रतिष्ठाभन्दा बाहिर उहाँहरुको अभिष्ट छैन ।’

सचेतक बर्तौलाले प्रदेश सभाले पारित गरेर नामाकरण गरिएको प्रदेशको नामलाई संघीय सरकारको दस्ताबेजमा अस्वीकार गर्नु गम्भिर विषय भएको बताउनु भयो । उहाँले पर्यटनमन्त्रीले दुषित नियतका साथ मन्त्रालयको बजेट वक्तव्यमा कोशी प्रदेशको नाम समावेश नगरेको बताउनु भयो । उहाँले पर्यटनमन्त्रीले अघोषित रुपमा पहिचानवादी आन्दोलनकारीहरुलाई समर्थन छ भन्ने सन्देश दिनुभएको बताउनु भयो । उहाँले मन्त्री पदबाट राजीनामा दिएर पहिचानवादीहरुलाई समर्थन गर्न आग्रह गर्नुभयो ।