८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न एमालेको माग

लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न एमालेको माग
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो माग गर्नु भएको हो ।

सर्वोच्च अदालतको फैसला र आफैंले विगतमा गरेको सम्झौता अनुसार पनि उनीहरुको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने सचेतक बर्तौलाले बताउनु भयो । उहाँले विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलव पाउने गरेको उल्लेख गर्दै यस्तो तलवले कसरी उनीहरुको गुजारा चल्न सक्छ ? भनि सरकारलाई प्र्र्र्र्रश्न गर्नु भयो ।

सचेतक बर्तौलाले भन्नु भयो, ‘उहाँहरुले विगत लामो समयदेखि लेखापालले १३ हजार ५ सयमा मासिक रुपमा काम गरिरहनु भएको छ । कार्यालय सहयोगीले जम्मा ८ हजारमा काम गरिरहनु भएको छ । कल्पना गर्नोस् । ८ हजारमा एउटा कर्मचारीले उसका बच्चा हुन्छ । परिवार हुन्छ । ८ हजार तलवले के गर्छ ? १० हजार छ सय तलवले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ ? यो कामलाई पूरा गर्न सरकारले सहमती पनि गरेको छ । न्यूनतम तलव सुविधा उहाँहरुले खरदार सरहको माग गरेर आन्दोलन गरिरहनु भएको छ । सरकारले विगतमा पनि सो मागलाई पूरा गर्ने सम्झौंता गर्‍यो ।’

‘सर्वोच्च अदालतबाट पनि उहाँहरुको पक्षमा आदेशहरु भए । तर कार्यान्वयन भएको छैन । म विनम्रताका साथ शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–ती कर्मचारीहरु जसले उठाएको माग न्यायोचित छन । ती मागहरु पूरा गर्ने तर्फ यहाँको दृढताका साथ भूमिका रहोस् । पहलकदमी रहोस् । म यो माग गर्न चाहन्छु । उहाँहरुले उठाएको यो विषयमा म नेकपा एमालेको तर्फबाट, म एउटा जनप्रतिनिधि सांसदको तर्फबाट ऐक्यवद्धता जाहेर गर्दै छिटोभन्दा छिटो भएका सहमती र उठाएका मागलाई सम्बोधन गर्नका लागि आग्रह गर्न चाहन्छु । ’

सचेतक बर्ताैलाले विद्यालय तहका कर्मचारीको सो माग सम्बोधन गर्नका लागि तत्काल पहलकदमी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको गम्भिर ध्यानाकर्षण समेत गराउनु भयो ।