८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब केही घण्टालाई मात्र अक्सिजन

टाइटानिक देखाउन लगिएको हराएको पनडुब्बीमा अब केही घण्टालाई मात्र अक्सिजन
अ+ अ-

विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष देखाउन एट्लान्टिक महासागरमा गएको पनडुब्बी अझै हराइरहेको छ । पनडुब्बी पत्ता लगाउन लागेका सरकारी निकायले पनडुब्बीमा ३० घण्टाभन्दा कम अक्सिजन बाँकी रहेको दाबी गरेका छन् ।

आइतबार उक्त पनडुब्बी टाइटानिकको भग्नावशेष देखाउन क्यानाडाको न्यूफाउन्डल्याण्ड तट नजिकै हराएको थियो । पनडुब्बीमा पाकिस्तानी अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यापारी हमिस हार्डिङसहित पाँच जना सवार छन् ।

यसमा उक्त पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका सीईओ स्टकटन रश पनि सामेल छन्। यी बाहेक फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट पनि यो पनडुब्बीमा छन् ।

पनडुब्बी खोज्नका लागि अन्तर्राष्ट्रिय निकाय पनि लागेका छन् । अमेरिकी कोस्ट गार्डका प्रवक्ताले उद्धार कार्य ‘अत्यन्तै जटिल’ रहेको र पनडुब्बीको स्थान थाहा भएमा ‘उद्धार गर्न हाम्रो शक्तिमा जे छ त्यो गर्नेछौँ’ भनेका छन्।

अमेरिकी होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टको मेमोको बारेमा पनडुब्बी बेपत्ता भएको ठाउँबाट ठूलो आवाज सुनिएको र उक्त आवाज धेरै घण्टासम्म आएको रिपोर्ट गरिएको छ।

अमेरिकी मिडिया समूह सीएनएनले मंगलबार राति एउटा मेमो रिपोर्ट गर्दै आवाज धेरै पटक सुनिएको बताएको छ।

प्रश्नकर्ताको जागिर खोसियो

यसैबीच न्यूयोर्क टाइम्सका अनुसार सन् २०१८ मा यस उद्योगका विज्ञहरूले ओशनगेट कम्पनीको पनडुब्बी टाइटनको बारेमा चिन्ता व्यक्त गरेका थिए र कम्पनीका सीईओलाई पत्र लेखेका थिए।

यसका साथै एक अमेरिकी अदालतको कागजात अनुसार पनडुब्बीको साथ सुरक्षा समस्याहरू औँल्याएका एक पनडुब्बी विशेषज्ञलाई ओशनगेटले सन् २०१८ मा जागिरबाट हटाएको थियो ।

स्कटल्याण्डका पनडुब्बी विशेषज्ञ डेभिड लोचरिजले सन् २०१७ मा यस कम्पनीमा काम सुरु गरेका थिए । उनले पनडुब्बीमा रहेका कमजोरीबारे चेतावनी दिएको तर उनको कुरालाई बेवास्ता गरिएको थियो ।

त्यसपछि प्रतिवेदन लेख्दा गोप्य सूचना सार्वजनिक गर्ने नाममा उनलाई जागिरबाट निकालियो । यसपछि लोचरिजले अदालतमा मुद्दा दायर गरेपछि यो मुद्दा टुंगियो ।

कहाँ पुग्यो उद्धार कार्य ?

पनडुब्बीमा ३० घण्टा मात्रै अक्सिजन बाँकी रहेकाले उद्धार टोलीलाई पनडुब्बी खोज्न समय लागेको छ । मध्य एट्लान्टिकको गहिरो पानीमा उद्धार कार्य जारी छ तर अहिलेसम्म केही पनि फेला परेको छैन।

अमेरिकी कोस्ट गार्डका क्याप्टेन जेमी फ्रेडरिकले पत्रकार सम्मेलनमा पनडुब्बी खोज्ने काम तीव्र गतिमा भइरहेको तर अहिलेसम्म कुनै नतिजा नआएको बताए ।

यो खोज अभियान निकै जटिल रहेको भन्दै उनले यसको कारण लामो दूरी रहेको बताए ।

अमेरिकी र क्यानडाका एजेन्सीहरू बाहेक नौसेना, गहिरो समुद्रमा अवतरण गर्ने व्यावसायिक कम्पनीहरू पनि यस खोज र उद्धार कार्यमा संलग्न छन्, जसले सैन्य विमान, पनडुब्बी र सोनार बोय मेसिनहरू सहित पनडुब्बीको खोजी गरिरहेका छन्। धेरै निजी जहाजहरूले पनि यसमा सहयोग गरिरहेका छन्।

रिमोट पनडुब्बीसहितको व्यावसायिक जहाज डीप इनर्जी पनि घटनास्थलमा पुगेको छ । समुद्रविज्ञ र भग्नावशेष अन्वेषक डेभिड मार्न्सले बीबीसीलाई डीप एनर्जीको पनडुब्बीले हराइरहेको पनडुब्बी टाइटानिकको भग्नावशेषको छेउमा ३,८०० मिटर गहिराइमा फेला पार्न सक्ने आशा व्यक्त गरेका छन्।

पनडुब्बीमा सवार दुई यात्रुहरू ५८ वर्षीय हार्डिङ र ७७ वर्षीया नार्गेलेट, व्यक्तिगत रूपमा मार्न्सलाई चिन्छन्।

हार्डिङ एक प्रसिद्ध अन्वेषक हुन् जो अन्तरिक्ष पनि गएका छन् र तीनवटा गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। गत हप्ता उनले भनेका थिए, “म अन्ततः यो मिशनको एक हिस्सा भएको घोषणा गर्न पाउँदा गर्व महसुस गर्दैछु।”

१० हजार वर्गकिलोमिटर क्षेत्रमा खाजी जारी

टाइटानिकको भग्नावशेष क्यानडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर दक्षिणमा रहेको छ । यद्यपि यो उद्धार र खोजी अभियान अमेरिकी सहर बोस्टनबाट चलिरहेको छ ।

अमेरिकी कोस्ट गार्डले पनडुब्बीको सहयोगी जहाज पोलर प्रिन्स र डीप इनर्जीले गहिरो समुन्द्रमा खोजी कार्य जारी राखेको जनाएको छ ।

कोस्ट गार्डले मंगलबार बिहानसम्म क्यानडाको पी–३ अरोरा विमानले सोनारसहित १० हजार वर्ग किलोमिटर क्षेत्रमा खोजी गरेको जानकारी दिएको छ ।

मंगलबार नै फ्रान्सको सामुद्रिक मामिला मन्त्रालयले पनि आफ्नो एटलान्ट जहाजलाई खोजी कार्यमा संलग्न गरेको छ । यो जहाजको आफ्नै रोबोट छ जसले समुद्रमा मद्दत गर्नेछ।

हराएको ओशनगेट कम्पनीको टाइटन पनडुब्बीमा गत वर्ष सीबीएस पत्रकार डेभिड पोगले यात्रा गरेका थिए र टाइटानिकको भग्नावशेषमा गएका थिए।

उनले बीबीसीलाई भने “सहयोगी जहाज पनडुब्बीको माथि हुन्छ र दुवै एक अर्कालाई पाठ सन्देश पठाउन सक्षम छन्। गहिरो पानीमा जीपीएस वा रेडियो प्रणालीसँग सञ्चार सम्भव छैन।

पनडुब्बी बाहिरबाट कडा रूपमा बन्द भएकाले पनडुब्बीमा बसेका व्यक्ति आफैं बाहिर निस्कन नसकेको पोगले बताए ।

यो सामान्य पनडुब्बी भन्दा कसरी फरक छ ?

नेशनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशनका अनुसार एउटा पनडुब्बीले कुनै समुद्री किनारबाट स्वतन्त्र रूपमा जान सक्छ, जबकि सबमर्सिबल पनडुब्बीको धेरै सीमित शक्ति हुन्छ र तल तथा माथि जानका लागि एक जहाजको आवश्यकता हुन्छ।

यससँगै समुद्रमुनिको भागमा उज्यालो पूर्णतया अनुपस्थित रहेको तथ्य पनि छ ।

ओशनगेटले आफ्नो वेबसाइटमा ऊसँग तीनवटा पनडुब्बीहरू रहेको र तीमध्ये केवल टाइटन टाइटानिकको भग्नावशेषमा पुग्न सक्षम रहेको बताएको छ।

यो पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र वेबसाइटका अनुसार १३ हजार १०० फिटको गहिराइमा जान सक्छ ।

आठ दिनको यो यात्राका लागि साढे दुई लाखको टिकट खरिद गरिएको छ । यस यात्रामा टाइटानिकको भग्नावशेष समुद्रमा ३८०० मिटर तल गएर देख्न सकिन्छ ।

गत हप्ता हार्डिङले सामाजिक सञ्जालमा लेखेका थिए, “विगत ४० वर्षमा न्यूफाउन्डल्याण्डको सबैभन्दा कठोर जाडोपछि २०२३ मा टाइटानिक पुग्ने यो पहिलो र एकमात्र मानव मिसन हो ।”

उनले लेखेका थिए, “मौसम सफा भएको छ र हामी भोलि डुब्ने प्रयास गर्नेछौँ ।”

ओशनगेटले अन्वेषण गरिरहेको आफ्नो एउटा पनडुब्बीसँग सम्पर्क स्थापित गर्न नसकेको तर यसको पूर्ण ध्यान पनडुब्बी चालक दल र उनीहरूको परिवारमा रहेको बताएको छ।

कम्पनीले भनेको छ, “सबमर्सिबलसँग सम्पर्क पुनःस्थापना गर्न धेरै सरकारी निकायहरू र गहिरो समुद्रका कम्पनीहरूबाट प्राप्त भइरहेको व्यापक सहयोगका लागि हामी आभारी छौँ ।”

यो एक कार्बन–फाइबर पनडुब्बी हो जसले न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट जहाज सेट गर्छ र भग्नावशेषमा जान्छ। समुद्रमा ल्यान्डिङदेखि माथि फर्किन करिब आठ घण्टा लाग्छ।

वेबसाइटका अनुसार यस वर्ष एउटा यात्रा चलिरहेको छ भने अर्को दुई यात्रा जुन २०२४ मा हुने भएको छ ।

सन् १९१२ मा विश्वको सबैभन्दा ठूलो जहाज टाइटानिकले बेलायतको साउथह्याम्प्टनबाट न्यूयोर्कसम्म आफ्नो पहिलो यात्रा सुरु गरेको थियो तर त्यो हिमशिलासँग ठोक्किएको थियो । यस जहाजमा सवार २,२०० जनामध्ये १,५०० भन्दा बढीको मृत्यु भएको थियो।

यस जहाजको भग्नावशेष पहिलो पटक सन् १९८५ मा फेला परेको थियो ।

बीबीसी हिन्दीकाे सहयाेगमा