८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कानुनमन्त्री सिंहको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

कानुनमन्त्री सिंहको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
फाईल फोटो
अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

स्व सिंह नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका, ग्रामीण विकासमा उल्लेखनीय योगदान गर्नुभएका उहाँको मङ्गलबार गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो । ६५ वर्षीय सिंहको दुर्घटनामा परी असामयिक निधन भएकामा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।

दुर्घटनामा उहाँकि पत्नी र भाउजूको पनि निधन भएको थियो । प्रतिनिधिसभाको बैठकले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदनासमेत प्रकट गरेको छ । रासस